तुलसीपुर, ८ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले एक कार्यक्रमका बीच खरका छाना भएका अति विपन्न परिवारका लागि टिनका जस्तापाता वितरण गरेको छ । वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा आयोजित कार्यक्रमपछि खरका छाना भएका वडाका विभिन्न गाउँका विपन्न परिवारलाई टिनका पाता वितरण गरिएको हो ।
कार्यक्रममा वडा सदस्यहरु घनश्याम गौतम, सुवास डाँगी, निर्मा चौधरी, खिमा विक, वडा सचिव भूवनेश्वर तिवारी, वडाका कर्मचारीहरु अर्जुन चौधरी, लक्ष्मी चौधरीलगायतले यो अभियान विपन्न परिवारका लागि प्रभावकारी र सहयोगी भएको बताए । यस पटक वितरण हुने वडाका २५ घरपरिवारमध्ये मंगलबार १५ घरपरिवारलाई वितरण गरिएको वडा सदस्य सुवास डाँगीले जानकारी दिए ।
दुईसय पचास बढी निवेदन आएकोमा ति मध्ये सबैभन्दा विपन्न ३० घरपरिवालाई मात्र यस वर्ष वितरण गर्न सम्भव भएको र बाँकी चार वर्षभित्र खरको छाना विस्तापित गर्ने लक्ष्य अनुरुप अघि बढ्ने बताइएको छ । वडा सदस्य सुवास डाँगीका अनुसार तुलसीपुर ११ का चेतबहादुर योगी, ठगु मल्ल, मानबहादुर शाह, गौरी परियार, रामसुरत चौधरी, कला कुमारी गौतम, शालिकराम खत्री, सुन्तली परियार, सेतु चौधरी खिमलाल कुवर, भुपाल योगी, प्रेम कुमारी विक, नरबहादुर भण्डारी, खुसल विक र निम कुमारी भण्डारीलाई टिनका पाता वितरण गरिएको छ ।
यसैबीच तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १८ मा पनि टिनका जस्तापाता वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी ३२ घरधुरीलाई जस्तापाता विरतण गरिएको हो । तुलसीपुर उप–महानगरपकालकाका उप–प्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १८ का वडा अध्यक्ष माधव वली, सदस्यहरु धनबहादुर बस्नेत, शितल बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । विपद व्यवस्थापन समितिबाट ६४४ जस्तापाताहरु आएको सदस्य धनबहादुर बस्नेतले बताए ।