तुलसीपुर, १६ बैशाख । दाङको तुलसीपुरमा सञ्चालन भईरहेको बजाज महामेला दुई दिन थप भएको छ । तुलसीपुरको अरनिको मैदानमा सञ्चालन भईरहेको महामेला ग्राहकको मागलाई ध्यानमा राख्दै अब दुईदिन बजाजकै आधिकारिक बिक्रेता बजाज शोरुम घोराही रोड तुलसीपुरमा सञ्चालन हुने भएको हो ।
तोकिएको मितिमा ग्राहकको संख्या बढ्दै गएपछि दुईदिन थप गरिएको बजाज कम्पनीको आधिकारिक बिक्रेता क्रस बोर्डर तुलसीपुरका सञ्चालक प्रदिप केसीले जानकारी दिए ।
बैशाख १० देखि १५ गतेसम्म सञ्चालन भएको बजाज महामेला ग्राहकहरुको मागलाई ध्यानमा राख्दै आज सोमबार र मंगलबार १६ र १७ गते दुईदिन थप गरेका छाँै, तर दुईदिन भने क्रस बोर्डर अर्थात् बजाजको शोरुम भएकै ठाउँ घोराही रोड तुलसीपुरमा सञ्चालन हुनेछ ।
बजाज महामेलामा जुनसुकै कम्पनीका बाईकको न्यूनतम ३० हजारमा खरिद गर्न सकिने, बजाज महामेलामा उल्टो अफरअन्तर्गत बाईक किन्नुभन्दा अघि १ लाख र किनिसकेपछि १ लाख गरी २ लाखसम्मको उपहार योजना रहेको उनले बताए । त्यस्तै बाईकको खरिदमा हेलमेट , लेकगार्ड, ल्याप्टप व्यागलगायतका सामाग्री निःशुल्क प्राप्त गर्न सकिने बताइएको छ ।
महामेलामा दिनप्रतिदिन ग्राहकको संख्या बढ्दै गएको छ, अधिकांश युवाको रोजाइमा बजाजको बाईक पर्ने गरेको छ, उनले भने ‘महामेला दुईदिन थप गरेको हुदा ति उपहार योजनाअन्तर्गतका सबै योजना दुईदिनमा पनि आउन सकिनेछ ।