दिवा सेवा केन्द्रको भवन उद्घाटन

मुख्य खबर

तुलसीपुर, २९ फागुन । तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँमा रहेको शिव मन्दिरमा दिवा सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । जेष्ठ नागरिकका लागि निर्माण गरिएको उक्त भवन झण्डै आठ लाखको लागतमा सम्पन्न भएको हो । स्थानीय सरकार, विभिन्न संघसंस्था र ब्यक्तिको सहयोगबाट भवन निर्माण गरिएको हो ।
स्थानीय समाजसेवी तथा बुद्धिजीवि तिलकबहादुर बस्नेतलगायत अन्य जेष्ठ नागरिकहरुको निरन्तर प्रयासमा भवन निर्माण भएको हो । दुई कोठे भवण बने पश्चात जेष्ठ नागरीकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । यसैबीच उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले जेष्ठ नागरिकको सेवा सुविधाको लागि आफू प्रतिबद्ध रहेको बताए । जेष्ठ नागरिकहरु समाजको इतिहास भएको हुँदा उनीहरुको सम्मान र आवश्यकता पूरा गर्नका लागि कुनै कन्जुस्याई गर्न नहुने उनले बताए ।
जेष्ठ नागरिक ११ नम्बर वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जेष्ठ नागरिकका जिल्ला उपाध्यक्ष खुमानन्द अधिकारी, जेष्ठ नागरिक तुलसीपुर नगर समितिका अध्यक्ष ललित बहादुर वली, वरिष्ठ उपाध्यक्ष तिलक बहादुर बस्नेत, यातायात कार्यालय राप्तीका प्रमुख टोपेन्द्र केसी, सिड संस्थाका भागिराम चौधरीले जेष्ठ नागरिकलाई हेलाको पात्र बनाउन नहुनेमा जोड दिएका थिए ।
हरेक नागरिकको सम्मानका साथ बाँच्न पाउने अधिकार भएको हुँदा जेष्ठ नागरिक सम्मान गर्नसके मात्र सभ्य समाज निर्माण हुने उनीहरुको जोड थियो । वडा समितिका वरिष्ठ उपाध्यक्ष केशव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेष्ठ नागरिक नगर समितिका शेषमणि रिजाल, लेखराज बस्नेत, नेत्रमणि शर्मा, हर्षलाल रेग्मी, महिला अधिकारकर्मी शुष्मा गिरी, शिव मन्दिरका अध्यक्ष यमबहादुर बस्नेतलगायतले बोलेका थिए । वडा समितिका सचिव गुरुप्रसाद रेग्मीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन खिम बहादुर वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *