दिवा खाजा वितरण प्रभावकारी बनाइने

फिचर मुख्य खबर समाज

घोराही, २३ मंसिर । घोराही उपमहानगरले विद्यालयमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्ने भएको छ । दिवा खाजा व्यवस्थापन उपसमितिको आइतबार बसेको बैठकले दिवा खाजाले विद्यार्थीहरूको विद्यालय नियमितता र पोषणमा समेत सकारात्मक प्रभाव परेको भन्दै थप व्यवस्थित बनाउने निर्णय गरेको हो ।
उपसमितिका संयोजक नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक विद्यालयलाई बार अनुसारको खाजा ल्याउन लगाउने निर्णय गरेको छ ।
दिवा खाजामा विविधिकरण गर्दै घरमै तयार पारिएका खाजासहित विद्यार्थीलाई स्कुल पठाउने वातावरण तयार गर्न उपसमितिले विद्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
साथै सबै विद्यालयहरूमा खाजा कार्यक्रमको प्रभावकारीताका बारेमा अनुगमन गर्ने पनि निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जानकारी दिए ।
पौष्टिक आहारयुक्त खाजालाई प्रोत्साहन गर्दै पसलबाट किनेका प्याकेजिङ कुनै पनि खानेकुरालाई प्रतिबन्ध लगाउन विद्यालयलाई निर्देशनसमेत दिने निर्णय भएको छ ।
साथै केही बाल विकासका विद्यालयहरूमा अभिभावकहरूसँग खाजा रकम लिईरहेको भन्ने गुनासो आएको भन्दै त्यसलाई तत्काल रोकी रकम फिर्ता गराउने समेत निर्णय भएको शाखा अधिकृत पौडेलले जानकारी दिए ।
उपमहानगरले भर्ना दर बृद्धि गर्ने, शिक्षाको पहुँचमा पु¥याउने, स्वास्थ्य, पोषणमा सुधार ल्याउने, कक्षा छोड्ने र दोहो¥याउनेको अन्त्य गर्ने, नियमितता गराउने र सामुदायिक विद्यालयमा आकर्षण गराउने उद्देश्यले चालु आर्थिक बर्षदेखि बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई खाजा रकम उपलब्ध गराउँदै आएको छ ।
प्रत्येक दिनको एकजना विद्यार्थीलाई १५ रूपैयाँका दरले खाजा रकम विद्यार्थीका आमालाई हस्तान्तरण गर्दैै आएको छ । नगरका ९८ सामुदायिक विद्यालयका १२ हजार ४ सय ६७ जना विद्यार्थीलाई पहिलो चौमासिकमा ९७ हजार २४ हजार २ सय ६० रूपैयाँ वितरण गरेको नगर शिक्षाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *