दिनहुँआगोको पीडा

फिचर मुख्य खबर समाज

तुलसीपुर, २७ बैशाख । पछिल्ला चार दिनमा दाङमा ३० घरमा आगलागी भएको छ । घोराही, शान्तिनगर र तुलसीपुरका बस्तीमा आगलागीका दैनिक घटना भइरहेका छन् ।
बुधबार मात्रै घोराही उपमहानगरपालिका–१ तल्लो माले र सिरुखर्कमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगलागीबाट १२ घरगोठ जलेर नष्ट भए भने ५३ लाख बढीको क्षति भयो ।
घोराही उपमहानगरपालिका–१ सिरुखर्क र राप्ती गाँउपालिका–१ पटौलीमा भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ५३ लाख ४० हजार हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१ सिरुखर्कमा ५ घर र ५ गोठमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति भएको हो । बस्ती नजिकै रहेको सल्लीकोट सामुदायिक वनबाट फैलिएको आगोले हेमलाल थापा,
मेघराज थापा, शिवलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर थापाको ५ घर र ५ गोठ जलेर नष्ट भए । वनमा फैलिएको आगोको झिल्को बस्तीमा पुग्दा बस्ती नै सखाप बनायो ।
यसैगरी राजपुर गाउँपालिका–१ पटौली नाकामा गगन बस्नेतको घर गोठमा सोलारको तार सट हुँदा घर र गोठ जलेर नष्ट भएको छ । बस्नेतको घरमा भएको आगोमा परी चारवटा बाख्रा मरेका थिए भने आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो दिन मंगलबार मात्रै घोराही उपमहानगरपालिका–१ तल्लो मालेमा स्थानीय वनबाट फैलिएको आगोले आठ घर गोठ जलेर नष्ट भएका थिए भने साढे ३१ लाख बढीको क्षति भएको थियो ।

दाङमा पछिल्लो समय दैनिकजसो आगलागीका घटना हुने गरेका छन् । जिल्लामा बितेको एक महिनामा अर्थात् बैशाखदेखि हालसम्म आगलागीमा परी एकजनाको मृत्यु भएको छ भने करिब एक करोडको क्षति भएको छ ।

सोमबार दिउँसो पनि शान्तिनगर गाउँपालिकामा तीन घरमा आगलागी हुँदा ३४ लाख बराबरको क्षति भएको थियो । घरमा विद्युत् सट भई सल्केको आगोले शान्तिनगर गाँउपालिका–४ जुम्लेकुलाका कुलबहादुर रेउले, गौरीलाल रेउले र बुद्धिराम रेउलेको घरमा आगलागी हुँदा ३४ लाख १२ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
दाङमा पछिल्लो समय दैनिकजसो आगलागीका घटना हुने गरेका छन् । जिल्लामा बितेको एक महिनामा अर्थात् बैशाखदेखि हालसम्म आगलागीमा परी एकजनाको मृत्यु भएको छ भने करिब एक करोडको क्षति भएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार बैशाख महिनाको शुरुदेखि २६ गतेसम्म २७ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ९३ लाख ३८ हजार ५ सयको क्षति भएको छ ।

निरर्थक प्रयास

दाङमा दैनिकजसो हुने आगलागीका घटनामा क्षति विवरण आए पनि क्षतिलाई कम गर्न गरिएका प्रयास निरर्थक देखिएका छन् । बाक्लो बस्ती, अग्नीनियन्त्रक सामाग्रीको अभाव, भौगोलिक संरचना, घरगोठ फुसको छानो हुनुलगायतका कारण आगो लागिसकेपछि क्षति कम गर्न सकिएको छैन् ।
आगलागीबाट बच्न वर्षेनी पूर्व तयारी हुने गरेपनि क्षतिलाई कम गर्ने प्रयास असफल देखिएको छ । आगो लागिसकेपछि न समयमा दमकल आउन सकेको छ, पर्याप्त पानीको व्यवस्था छ घोराही उपहानगरपालिका–१ तल्लो मालेका टुकमान कुमालले गुनासो गरे ।
वनबाट फैलिएको आगोले एकैछिनमा बस्ती नै सखाप पा¥यो, आगो नियन्त्रण गर्ने स्थानीयको प्रयास सफल भएन्, प्रहरी पनि क्षति भईसकेपछि आयो उनले भने ।
दाङमा सातवटा स्थानीय तहमा दमकल नै छैन् भने दमकल भएका तीन स्थानीय तहमा दमकल समयमा पुग्न नसक्दा आगोबाट हुने क्षति बढ्ने गरेको छ । पछिल्लो साता दैनिकजसो भएको आगलागीका घटनाबाट बस्ती नै प्रभावित भएको छ ।
घोराही उपमहानगरपालिका–१ मात्र आगलागीबाट २० घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय वनबाट फैलिएको आगोले बस्तीमा ूठूलो मात्रामा क्षति भएको छ । यि घटनालाई हेर्दा पनि आगलागी भईसकेपछि नियन्त्रणका लागि गरिने प्रयास निरर्थक भएको देखिएको छ ।
वर्षेनी आगलागीको जोखिम बढ्दै गएको छ । आगलागीबाट अधिकांश फुसले छाएका घरगोठ प्रभावित हुने गरेका छन् । वन नजिक रहेको बस्तीमा फुसले छाएका घरगोठ आगलागीबाट बढी प्रभावित हुने गरेका छन् ।
बस्तीमा आगलागीको जोखिम बढ्दै जाँदा पनि क्षतिलाई कम गर्न थालिएका प्रयासले सार्थक रुप पाउन सकिरहेको छैन् । यसैबीच आगलागी पीडितलाई जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको रेडक्रस सोसाईटी दाङले राहत उपलब्ध गराएको छ ।
गर्मी मौसममा आगलागीको जोखिम बढ्दै गएकाले घटना हुनै नदिन र भएपनि क्षतिलाई न्यूनीकरण गर्नका लागि सचेत रहन अधिकृत दाहालले आग्रह समेत गरेका छन् । घरमा दिउँसोको समयमा आगो नबाल्ने,
आगोजन्य सामाग्री बच्चाबाट अलग बनाउने, खाना पकाईसकेपछि आगो निभाउने, वनमा नजिकै रहेको बस्तीका नागरिक अझ बढी सचेत हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *