दानवाङमा बिजुली

मुख्य खबर समाज

सल्यान, ११ मंसिर । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रूपैयाँ बजेटबाट दानवाङमा बिजुली पुगेको हो ।
कार्यक्रममा सांसद टेकबहादुर बस्नेतले अब बिजुलीलाई आर्थिक उपार्जनसँग जोडेर उपयोग गर्न स्थानीयहरूलाई आग्रह गरे । बिजुली बाल्न पाएपछिको खुसीयालीमा स्थानीयबासीले नाचगान गरेका छन् ।
यसैबीच कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढामगरले पालिकाभित्रका सबै बस्तीमा विद्युत विस्तार गर्ने योजनाका साथ काम भैरहेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *