Friday, April 19, 2024
Homeफिचरदाता र दानको सम्बन्ध

दाता र दानको सम्बन्ध

- Advertisement -spot_img

तुलसीपुर,
आज ५२औँ विश्व रक्तदाता दिवस । यो विशेषगरेर रक्तदान, रक्तदाता, रगत प्रयोगकर्ता (बिरामी)सँग जोडिएको हुन्छ । आज विभिन्न कार्यक्रम गरेर दिवस मनाइदै छ । दिवसलाई नयाँ रक्तदाताहरुलाई उत्प्रेरित गर्ने, नियमित रक्तदाताहरुलाई सम्मान गर्ने र रक्तदानको लागि वातावरण बनाउने उद्देश्यमा मनाउँदै आइएको छ ।
यसवर्षको दिवसको नारा ‘कसैको लागि त्यहाँ हुनुहोस्, रक्तदान गर्नुहोस्, जीवन बाँड्नुहोस’ रहेको छ । एकजनाले दिएको रगतले अरुको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ भन्ने गरिन्छ र मानिसहरुले पुण्य प्राप्तीको रुपमा रक्तदानलाई लिने गरेका छन् । मानवीय कार्यमा रक्तदान पनि पर्ने गरेको छ ।
रगत शरीरमा रहेको रातो तरल पदार्थ हो यो प्लाज्मा र रक्तकोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषक तङ्खवहरुसँगै अक्सिजनलगायतका आवश्यक पदार्थहरु पु¥याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने तङ्खवहरुलाई बाहिर निष्कासन गर्नसमेत सहयोग गर्दछ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहन्छ ।
हरेक मानिस जीवित रहनका लागि रगत नभई नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सानी नहुने चिकित्सकहरुको सल्लाह अनुसारनै अहिले रक्तदाताहरुले रक्तदान गरिरहेका छन् । यही नीतिमा नयाँ रक्तदाताहरु पनि समावेश हुँदै आएका छन् । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिहरु दाता बनेर रक्तदान गर्न सक्छन् । हामीले गर्ने रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका बिरामी तथा घाइतेहरुकोे ज्यान बचाउन मद्दत पु¥याउँछ ।
दाङको अवस्था
दाङमा गत आर्थिक वर्षमा २३ सय प्वाइन्ट रगत खपत भएको छ । रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले जिल्लामा रहेका दुईवटा रक्तसञ्चार केन्द्रबाट २३ सय प्वाइन्ट रगत खपत भएको बताए । तुलसीपुरमा स्थापना भएको रक्तसञ्चार केन्द्रमा २९४ प्वाइन्ट रगत खपत भएको छ । घोराहीमा दुई हजार एकसय ४० प्वाइन्ट रगत खपत छ ।
रगत संकलनको हिसाबले गत आर्थिक वर्षमा घोराहीमा १६ सय ८४ पुरुष र ४५६ महिलाहरु गरी कुल २१४० प्वाइन्ट रगत संकलन भएको र त्यसमध्ये घोराहीबाट ८७० पुरुष र १२ सय ५६ जना महिलाहरुमा गरी कुल २ हजार ८३ जनामा यो रगत खपत भएको पाइएको छ । तुलसीपुरमा गत आर्थिक वर्षमा १७९ जना पुरुष ७१ जना महिला गरी कुल २५० प्वाइन्ट रगत संकलन भएको छ । भने खपतको तथ्याङ्कलाई हेर्दा तुलसीपुरमा १२४ प्वाइन्ट पुरुष, त्यस्तै १७२ प्वाइन्ट महिलाहरु गरी २९४ प्वाइन्ट रगत खपत भएको रक्तसञ्चार केन्द्र दाङका प्रमुख न्यौपानेले जानकारी दिए । यो तथ्याङ्क हेर्दा जिल्लामा मासिक २५० प्वाइन्टसम्म रगतको आवश्यक पर्ने देखिन्छ । तर जिल्लामा मासिक ३० देखि ३५ जनासम्मले मात्रै नियमित रक्तदान गर्ने गरेका छन् ।
त्यस बाहेकको रगत संकलन गर्न रक्तसञ्चार केन्द्रहरुलाई विभिन्न समयमा समस्यासमेत पर्ने गरेको न्यौपानेको भनाइ छ । अहिले जिल्लाको घोराही, तुलसीपुर र लमहीमा रगत खपत हुँदै आएको छ । संकलनको हिसाबले गत आर्थिक बर्षमा केही सुधार आएपनि नियमित रक्तदान गर्नेहरुको अभावका कारण समस्या यथावत रहेको उनले बताए । हाल विभिन्न संघसंस्था तथा व्यक्ति स्वयम्ले रक्तदान गर्ने गरेको भएपनि नियमित रक्तदान नहुँदा समस्या आउने गरेको उनको भनाइ छ ।

एकजनाले दिएको रगतले अरुको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ भन्ने गरिन्छ र मानिसहरुले पुण्य प्राप्तीको रुपमा रक्तदानलाई लिने गरेका छन् । मानवीय कार्यमा रक्तदान पनि पर्ने गरेको छ ।


जिल्लामा नियमित रक्तदान गर्ने रक्तदाताहरुको संख्यालाई हेर्ने हो भने जम्मा ३० देखि ३५ जनामात्र रहेको र संस्थागत रुपमा समेत कुनै अवसर पारेर मात्र कार्यक्रमको आयोजना हुने हुँदा कुनै–कुनै समयमा रगतको अभाव बढी नै हुने गरेको उनले बताए । उनका अनुसार जिल्लामा प्रत्येक वर्ष रगतको आवश्यकता बढ्दो छ । तर आवश्यकता बढ्दै जाँदा रक्तदाताहरु बढ्नु पर्नेमा बढ्न सकेको छैन ।
रगत अभाव हुन नदिन जिल्लामा विभिन्न व्यक्तिहरुले आफ्नो पहलमा रक्तदाताहरुलाई रगतदान गर्न लगाउने र आफूहरुले रगतको समस्या आए विभिन्न संघ संस्थाहरुलाई संस्थागत रुपमा रक्तदान गर्न अनुरोध गर्ने काम गरेका छन् । तर पनि यो अब पर्याप्त र प्रभावकारी हुन नसक्ने भन्दै आउँदा दिनमा रक्तदान गर्नुपर्छ भन्ने उत्प्रेणात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको र नियमित रक्तदाताहरुको संख्या बढाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।
जिल्लामा रहेका विभिन्न कलेजहरुमा रक्तदान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै आउँदा दिनमा रक्तदाताको राम्रो केन्द्र कलेजहरु बन्न सक्ने उनले बताए । त्यस्तै जिल्लाका सुरक्षाकर्मीहरु रक्तदाताका रुपमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयमा भएका व्यक्तिहरु पनि रक्तदाताहरुको केन्द्र बन्न सक्ने भन्दै आफूहरुले त्यस बिषयमा कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here