- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरदाङ राजधानीको पक्षमा ४० प्रतिसत सुझाव

दाङ राजधानीको पक्षमा ४० प्रतिसत सुझाव

- Advertisement -spot_img

पेचिलो बन्दै राजधानी मुद्दा …
दाङ, २३ बैशाख । प्रदेश नं ५ को स्थायी राजधानी र नामको विषयमा संसदीय समितिले विभिन्न जिल्लामा लिएको सुझाव संकलनको प्रतिवेदन सार्वजनिक भएको छ । सुझावपछि स्थानीय राजधानी र प्रदेशको नामको विषयमा समितिका विभिन्न उपसमितिले तयार पारेको प्रतिवेदन मुल समितिलाई बुझाइएको छ । यद्यपि प्रतिवेदनले भने पूर्णता पाएको छैन ।
सुझावमा प्रदेशको राजधानी दाङ बनाउनु पर्ने तर्क दिने बहुसंख्यक मत देखिएको छ । प्रारम्भिक जानकारी अनुसार प्रदेशका १२ जिल्लामा पुगेर ६ वटा उपसमितिले संकलन गरेको १३ सय १२ सुझावमध्ये दाङ राजधानी हुनुपर्छ भन्नेहरु धेरै देखिएका छन् ।
संकलन गरिएकोमा सुझावको ५५३ सुझाव दाङ राजधानी बनाउनु पर्नेमा देखिएका छन् । जुन कुल सुझावको ४२ दशमलव १४ प्रतिसत हो ।
दाङ राजधानी बनाउने अभिमत धेरै आएपछि अस्थायी राजधानी भएको रुपन्देही कमजोर देखिएको छ । रुपन्देहीको पक्षमा २६ दशमलव ६७ प्रतिसत मात्र सुझाव देखिएको छ । जुन कुल संख्याको ३ सय ५० सुझाव हो ।
भने प्यूठान, कपिलवस्तु, अर्घाखाँची, बाँके, पाल्पालगायतका जिल्लामा राजधानी हुनुपर्छ भन्ने सुभाव ३१ दशमलव १९ प्रतिसत रहेको समितिका सदस्य निर्मला पाण्डेले बताइन् ।

दाङ राजधानी बनाउने अभिमत धेरै आएपछि अस्थायी राजधानी भएको रुपन्देही कमजोर देखिएको छ । रुपन्देहीको पक्षमा २६ दशमलव ६७ प्रतिसत मात्र सुझाव देखिएको छ ।

प्रदेश नं. ५ का स्थायी राजधानी दाङ बनाउनुपर्छ भन्ने सुझाव अत्यधिक रहनुले अस्थायी राजधानी रहेको बुटवल नै स्थायी राजधानी हुने सम्भावना घटेको छ ।
दाङ राजधानी हुनुपर्ने संख्या अत्यधिक देखिएपछि दाङ स्थायी राजधानी हुने सम्भावना पनि बढेको प्रदेश सांसदहरुले तर्क गर्न थालेका छन् । यद्यपि संसदीय समितिले भने विज्ञ समूह गठन गरेर अन्तिम टुङ्गो लगाउने भएको छ ।
आइतबार नै संसदमा बुझाउने भनेको प्रतिवेदन बुझाइएको छैन । हिउँदे अधिबेसन मै राजधानी र नामको टुङ्गो लगाउने तयारी गरे पनि सम्भव नभई हिउँदे अधिवेशन सकिएको छ ।
लम्बिदै प्रक्रिया
प्रदेश नं. ५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ । सुझाव संकलन गरेको विशेष समिति मातहतको उपसमितिले प्रतिवेदन दिएपनि मुल समितिले अन्तिम रुप दिन नसकेपछि प्रक्रिया लम्बिने पक्का भएको हो ।
आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णयसमेत गरेको छ । सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ ।
यो प्रक्रिया अघि बढ्ने समितिका सभापति दिपेन्द्र कुमार पुनले बताए । यस लगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले राजधानीको विषयले केही समय प्रवेश नपाउने प्रदेश सदस्यहरु बताउँछन् ।
विशेष समितिका सभापति पुनले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए । कार्यविधि अनुसार विज्ञ समिति बनाएर त्यसबाट सुझाव लिइन्छौँ उनले भने, अनि मात्रै थप निर्णय र प्रक्रिया अघि बढ्छ ।
उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि दाङ र रुपन्देही नाममा लुम्बिनी सिफारिस गरिएको पाइएको छ । प्रदेशको नाम भने लुम्बिनी नै हुने पक्का–पक्की देखिएको छ । अधिकांश सुझावमा नाम लुम्बिनी भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here