तुलसीपुर, ९ चैत । तुलसीपुरका निजीस्तरबाट सञ्चालन भएको प्राविधिक धारको शिक्षालय दाङ पोलिक्ल्नििक इन्स्टिच्युट प्रालिले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । शिक्षालयमा विशेष समारोहको आयोजना गरी नयाँ अध्ययनरत विद्यार्थीलाई स्वागत तथा पढाइ सकेका विद्यार्थीहरुको बिदाइ गरेको छ ।
दाङ पोलिक्लिनिक इन्स्टिच्युट प्रालि सञ्चालनक समितिका अध्यक्ष बुद्ध प्रकाश सिंहको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यता एवं प्रालिका संस्थापक अध्यक्ष कीर्तिबहादुर खड्का र संस्थापक तथा राप्ती बबई क्याम्पस सञ्चालन समिति अध्यक्ष विष्णुकुमार देवकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षाको सुरुवात हुँदा गाउँघरमै अध्ययनको वातावरण निर्माण भएको भन्दै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताएका थिए । वक्ताहरुले अनुशासन, नैतिकता, ज्ञान मात्रै नभएर स्वरोजगारको सीपसमेत आर्जन हुने बताए । तीनवटा सङ्काय सञ्चालन गरेको दाङ पोलिक्लिनिक इन्स्टिच्युटले सिभिल, ल्याब र भेटेनरी कक्षा सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक विजयबहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य दोर्ण बहादुर वली, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, सिभिल सङ्कायका संयोजक विक्रमबाबु केसी, भेटनी संयोजक सुदाम भट्ट, विद्यार्थी महेन्द्र वली, कल्पना रोकालगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका प्रमुख धनबहादुर भण्डारीले गरेका थिए ।