Saturday, March 23, 2024
Homeमुख्य खबरदाङ टेक्निकलको २१औं वार्षिकोत्सव

दाङ टेक्निकलको २१औं वार्षिकोत्सव

- Advertisement -spot_img

तुलसीपुर, २६ फागुन । प्राविधिक शिक्षालयअन्तर्गत सबैभन्दा पुरानो दाङ टेक्निकल इन्स्टिच्युटको २१औँ वार्षिकोत्सव, स्वागत तथा विदाई कार्यक्रम भएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नो वार्षिकोत्सवसँगै विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत तथा बिदाइ गरेको हो । सिटिईभिटी प्रदेश नम्बर ५ का उपनिर्देशक यादव सुवेदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकास र उपलब्धिका लागि स्वस्थ जनशक्तिको निर्माण गर्न आजको मुल आवश्यकता भएको बताए ।
यस्तै स्वास्थ्य जनशक्तिले स्वास्थ्य सेवालाई निस्वार्थ भावनाले प्रदान गर्नुपर्ने प्रमुख अतिथि सुवेदीले बताए । देशको बाल मृत्यु दर र मातृ मृत्यु दर घट्दै गएकाले यस्ता जनशक्तिहरुको नेपाली समाजमा अत्यावश्क खाँचो रहेको बताए । स्थापना भएका प्राविधिक शिक्षालयहरु राम्रो, गुणस्तरीय र प्रभावकारी व्यवस्थापन हुन सकेमात्र संस्थाले राम्रो शिक्षा प्रदान गर्न सक्ने सुवेदीले बताए । उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख गोकर्ण दाहालले गुणस्तरीय प्राविधिक शिक्षाका निम्ती हरेक शिक्षालयले विद्यार्थीहरुमा मनोबल बढाउने खालका कार्यक्रमहरुसमेत सञ्चालन गर्नुपर्ने बताए ।
पारिवारिक अवस्था कमजोर भएकै कारण प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यतालाई समेत विशेष ध्यान दिनुपर्ने उनले बताए । दाङ टेक्निकल ईन्स्टिच्युट सञ्चालक समिति अध्यक्ष यशोदाकुमारी गौतमको अध्यक्षातामा भएको कार्यक्रमको स्वागत मन्तव्य रेखा बुढाले गरेकी थिइन । कार्यक्रमको सहजीकरण शिक्षक युवराज वलीले गरेका थिए भने कार्यक्रमको धन्यवाद ज्ञापन संस्थाका कार्यकारी निर्देशक दोर्णबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here