- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeखेलकुददाङ खेलकुदको हवः महरा

दाङ खेलकुदको हवः महरा

- Advertisement -spot_img

तुलसीपुर, ९ साउन ।
सभामुख कृष्णबहादुर महराले तुलसीपुर उप–महानगरपालिकालाई नेपालकै पहिलो स्पोर्टस् सिटीको रुपमा विकास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को परिकल्पना पनि यही भएको भन्दै त्यसले सबैले साथ दिनुपर्ने बताए ।
समाज परिवर्तनमा खेलकुदको महङ्खवपूर्ण र अहम् भूमिका रहेको भन्दै उनले राज्यलाई दक्ष जनशक्ति खेलकुदले प्रदान गर्ने बताए । दाङलाई खेलकुदको हब बनाउने भन्दै त्यसका लागि ठूलो सम्भावनाको खोजी हुनुपर्ने महराले धारणा राखे । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्य नजर गरेर निर्माण गर्न लागिएको रंगशालाको दाङको बेलझुण्डीमा बुधवार शिलान्यास गर्दै महराले यस्तो बताएका छन् । महराले खेलकुदको साझा सम्पत्ति खेलकुदकै गराउन तथा जग्गा अतिक्रमण हुन नदिन सरकारी तहबाट पहल थाल्ने बताए । त्यसमा समुदाय पनि सजग हुनुपर्ने बताए । महराले खेलकुदको क्षेत्रलाई संरक्षण गर्न सबै लाग्नुपर्ने बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले हिजोआज खेलकुद सबैको गौरव, स्वास्थ्य र समृद्धिको प्रतिक बनेको बताए । देशको सामथ्र्य र पहिचान स्थापित गर्न खेलकुदको विकास अपरिहार्य रहेको बताए । रुपमा खेलकुद हुँदा विश्व अर्थतन्त्र तरंगित भएको भन्दै उनले खेललाई पर्यटनको रुपमा विकास गरेर नेपालमा समृद्धि भित्र्याउन आवश्यक रहेको बताए ।
आगामी मंसिरमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न चुनौतिको पहाडजस्तै भएको बताए । उनले प्रदेश नम्बर ५ अन्तर्गतका दाङ, बाँके, कपिलबस्तु लगायतका जिल्लाहरुमा हुने राष्ट्रिय खेलकुदको समापन भने दाङकै रंगशालामा गरिने बताए । उनले तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट सिटी निर्माण गर्न तुलसीपुरमै टेबुल टेनिस हल निर्माण भइसकेको र अन्य भौतिक निर्माणको काम पनि गर्ने बताए । उनले दाङको लमहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्दै दाङलाई खेलकुदको हवका रुपमा विकास गर्ने योजना रहेको सुनाए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्य नजर गरेर निर्माण गर्न लागिएको रंगशालाको दाङको बेलझुण्डीमा बुधवार शिलान्यास गर्दै महराले यस्तो बताएका छन् । महराले खेलकुदको साझा सम्पत्ति खेलकुदकै गराउन तथा जग्गा अतिक्रमण हुन नदिन सरकारी तहबाट पहल थाल्ने बताए ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बेलझुण्डीमा निर्माणाधिन रंगशाला सिमेन्ट र रडहरुबाट निर्माण गरिने नभई अत्याधुनिक प्रविधि सेन्थेकिट प्रविधिबाट नट बोल्ड जोडेर निर्माण गरिने हुँदा चार महिनाभित्रै निर्माण सम्पन्न गर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले तुलसीपुर, पोखरा र इटहरीलाई हालसम्म स्मार्ट सिटीको रुपमा विकास गर्न खोजिरहेको जानकारी दिदै नेपालको इतिहासमै तुलसीपुर पहिलो स्मार्ट सिटीको रुपमा काम पूरा गरेर इतिहास लेखाउने उदेश्य रहेको बताए ।

२४ करोड २४ लाखमा रंगशाला

तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा निर्माण सुरु गरिएको रंगशालाको लागत २४ करोड २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले ८ महिनाभित्रै रंगशाला निर्माण गरिसक्ने सम्झौता अनुसार काम सुरु भएको बताए । १५ विगाह जग्गामा निर्माणाधिन रंगशाला निर्माणको जिम्मा दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभी काठमाडाँैले लिएको छ ।
रंगशालामा सेन्थेकिट एथलेटिक्स ट्रयाक निर्माण, फुटवल मैदान निर्माण, नाली निर्माण, भिआईपी प्याराफिट निर्माण, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भिआईपी÷ मिडिया रुम निर्माण र साधारण प्याराफिट निर्माण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डाँगीले जानकारी दिए । खेलकुद विकास समिति दाङका अध्यक्ष डाँगीको अध्यक्षतामा भएको कार्यक्रम खेलकुद विकास समिति दाङका सदस्य तिलक रावतको स्वागत मन्तव्यवाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण दुजमान भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here