दाङ काँग्रेसमा नयाँ संरचना अनुसार नेतृत्व समायोजन

फिचर मुख्य खबर राजनीति

दाङ, १८ भदौ ।
नेपाली काँग्रेस दाङको नयाँ संरचना अनुसार नयाँ नेतृत्व चयन गरेको छ । संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन गर्दै जिम्मेवारी तोकिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार समायोजन बैठक बसालेर नयाँ जिम्मेवारी तोकेको जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।
जस अनुसार क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे चयन भएका छन् । उनी तत्कालिन निर्वाचन क्षेत्र नम्बर १ को सभापति नै थिए । १ (क) को सभापतिमा ताराबहादुर डिसी, १ (ख) सभापतिमा देवानजंग चौधरीलाई जिम्मा दिइएको छ ।
त्यसैगरेर निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा भूपबहादुर डाँगी चयन भएका छन् । उनी तत्कालिन निर्वाचन क्षेत्र नम्बर ३ को सभापति थिए । २ (क)को सभापतिमा गिरिराज सुवेदी, २ (ख)को सभापतिमा कमल गौतमलाई तोकिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा जगतबहादुर खड्का चयन भएका छन् । उनी तत्कालिन निर्वाचन क्षेत्र नम्बर ४ को सभापति थिए । ३ (क)को सभापतिमा घनश्याम ढकाल चयन भएका छन् ।
उनी तत्कालिन निर्वाचन क्षेत्र नम्बर ५ को कार्यबाहक सभापति थिए र ३ (ख)को सभापतिमा खीमबहादुर वलीलाई तोकिएको उनी क्षेत्र नम्बर ४ का सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *