घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघको बंगलाचुलीमा शाखा स्थापना गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको थियो । बंगलाचुली गाउँपालिकामा रहेका व्यवसायीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले शाखा स्थापना गरिएको शाखा स्थापनाका संयोजक तथा उद्योग उपाध्यक्ष बसन्त जोशीले जानकारी दिए । शाखा कार्यालय स्थापना अभियानअन्तर्गत शाखा स्थापना गरिएको जोशीको भनाइ रहेको छ । संघले जिल्लाका विभिन्न स्थापनामा शाखा स्थापना गर्न थालेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका प्रदेश नम्बर ५ का उपाध्यक्ष हेमराज बन्जाडे, काभ्रे गाविसका पूर्व अध्यक्ष भेषराज खत्री, संघका पूर्व अध्यक्ष चन्द्रराज पन्त, नेकपाका गोपाल वली, नेपाली काँग्रेसका ध्रुव पुन, युवा व्यवसायी रुकमणि पुलामी, ल्याङगे घट्टेकुलो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागेश्वर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका उद्योग उपाध्यक्ष बसन्त जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् ।
बंगलाचुलीमा समिति गठन
दाङ जिल्ला उद्योग वाणिज्य संघको बंगलाचुलीमा रुकप्रसाद पुलामीको अध्यक्षतामा १६ सदस्यीय समितीसमेत गठन गरिएको छ । जसको उपाध्यक्षहरु कुलबहादुर वली, विष्णु कँवर, सचिवमा डोमबहादुर केसी, कोषाध्यक्षमा केशव जिसी, सहसचिवमा विरबल घिमिरे, सहकोषाध्यक्षमा लिला पाट रहेका छन् । समितिका अन्य सदस्यहरुमा हिमा केसी, तामबहादुर परियार, जागेश्वर रावत, गणेश डाँगी, ईश्वर रोका, टेकबहादुर पाण्डे, दिलबहादुर डाँगी, पोषण पाण्डे र सुरेन्द्र लम्साल रहेका छन् ।