दाङमै डिप्लोमा प्राविधिक शिक्षा

फिचर समाज

दाङ,
दाङका ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक धारका स्नातक तहको विषयहरु पढाइ सञ्चालन हुने भएको छ । प्राविधिक, सिपमूलक र व्यवहारिक शिक्षाको माग बढिरहेको बेला शिक्षा मन्त्रालयले जिललाका ११ विद्यालयमा विभिन्न प्राविधिक विषयको स्नातक तह पढाउने अनुमति दिएको हो ।
सरकारले आगामी दुई बर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णयसँगै सरकारको सो निर्णयलाई सफल तुल्याउन यो बर्ष देखि शिक्षा मन्त्रालयअन्तर्गत रहेको सामुदायिक विद्यालय प्राविधिक (टेक्स) महाशाखाले दाङका ११ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सुरु गर्ने गरी पूर्व तयारीको अनुमति दिएको छ ।
यही शैक्षिक सत्रदेखि दाङ जिल्लामा रहेका ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक धारअन्तर्गत सूचना प्रविधि, बाली विज्ञान, अटोमोवाइल, पशु विज्ञान, सिभिल, सर्भे इन्जिनियरिङ पढाइ हुनेछ । शिक्षा मन्त्रालयअन्तर्गत रहेको विद्यालय प्राविधिक महाशाखाका अनुसार यो वर्ष दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरमा सूचना प्रविधि (आइटी) अध्ययनको लागि स्नातक तह कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले मन्त्रालयले मागेको आवेदन अनुसार प्रस्तावना पेश गरेपछि छनोट गरेर पूर्व अनुमति प्रदान गरेको बताए ।

सरकारले आगामी दुई बर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णयसँगै सरकारको सो निर्णयलाई सफल तुल्याउन यो बर्ष देखि शिक्षा मन्त्रालयअन्तर्गत रहेको सामुदायिक विद्यालय प्राविधिक (टेक्स) महाशाखाले दाङका ११ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सुरु गर्ने गरी पूर्व तयारीको अनुमति दिएको छ ।


पौडेलले ९ कक्षादेखि नै विद्यालयमा प्राविधिक धारको पढाइ भइरहेको बेला स्नातक तहको आइटी अध्ययन गर्ने थलोको रुपमा विद्यालयलाई स्थापना गरिएको बताए । मन्त्रालयले कक्षा सञ्चालनका लागि पूर्वाधार र जनशक्ति तयार पार्न र विवरण पठाउन निर्देशन दिएको छ, उनले भने, ‘त्यही अनुसार हामीले तयारी समेत थालि सकेका छौँ’ उनले भने ‘अब जिल्लामै आइटीको जनशक्ति निर्माण हुनेछ ।’
मन्त्रालयका अनुसार गुरुजजुर माविमा बाली विज्ञान, उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा सिभिल, घोराही उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको माध्यमिक विद्यालयमा बाली विज्ञान, घोराहीमा रहेको पद्मोदय माविमा अटोमोवाइल, घोराही उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको माध्यमिक विद्यालयमा सर्भे इन्जिनियरिङ त्यस्तै घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा बाली विज्ञान, राप्ती गाउँपालिकाको आदर्श नमुना माविमा सूचना प्रविधि, लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा रहेको बालजनता माविमा बाली विज्ञान, लमही नगरपालिका नम्वर ६ मा रहेको आदर्श माध्यमिक विद्यालयमा सिभिल पढाइ हुने भएको हो ।
प्रत्येक स्थानीय तहमा एक÷एकवटा प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने नीति अनुसार यो बर्षदेखि नै सञ्चालन हुने गरी आवश्यक पूर्वाधार तयार भएका जिल्लाका चारवटा स्थानीय तहमा पूर्वाधार तयार भएका विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *