दाङमा सेल्टर जनशक्ति

मुख्य खबर

तुलसीपुर, २४ बैशाख । दाङमा विपद्मा व्यवस्थापनका लागि उद्धारकर्ताहरु उत्पादन भएका छन् । विपद्ले पूर्वाधारमा ल्याउने क्षतिलाई मध्यनजर गर्दै आवास निर्माणका लागि २४ जना जनशक्ति उत्पादन गरिएको हो ।
जिल्लामा हुनसक्ने विपद्मा परेकालाई आपतकालिन आवास निर्माणमा जनशक्ति सक्रिय रहने छन् ।
नेपाल रेडक्रस सोसाईटी दाङ अन्तर्गतको इन्कोर कार्यक्रमले तुलसीपुरमा चारदिने तालिमको आयोजना गरी २४ जना जनशक्ति उत्पादन गरेको छ ।
तालिममार्फत विपद्को समयमा विस्थापित परिवारहरुलाई तुरुन्तै आवास निर्माण गरी सुरक्षा प्रदान गर्न जनशक्ति उत्पादन गरिएको इन्कोर कार्यक्रम अधिकृत जगतबहादुर तामाङले जानकारी दिए ।
उत्पादन गरिएको जनशक्तिले रेडक्रसले उपलब्ध गराउने प्लाष्टिक वा त्रिपाल र स्थानीय स्रोत तथा साधनहरुको प्रयोग गरी विभिन्न मोडेलको सुरक्षित अस्थायी आवास निर्माण गर्न सक्ने उनले बताए ।
उत्पादन गरिएको जनशक्तिले जिल्लामा विपद् प्रतिकार्यका लागि विपद्बाट प्रभावितलाई आवास निर्माण गरी आवश्यक राहत प्रदान गर्ने उनको भनाइ छ । चार दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा रमेश घिमिरे र दोलख डाँगी रहेका थिए ।
यसैबीच बिहीबारदेखि शुरु भएको तालिमको आइतबार समापन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दाङका कोषाध्यक्ष कुसल तर्तालको अध्यक्षतामा चारदिने तालिमको समापन गरिएको हो ।
समापनको अवसरमा तालिम संयोजक रमेश घिमिरेले उत्पादन गरिएको जनशक्तिले विपद्मा परेकालाई तत्काल अस्थायी घर निर्माण गरी सुरक्षित प्रदान गर्ने विश्वास व्यक्त गरे ।
तालिम समापनको अवसरमा सहभागी प्रशिक्षार्थी लक्ष्मी न्यौपाने, जीवन नेपालीलगायतले तालिमले विपद्मा परेकालाई तत्काल सुरक्षित प्रदान गरिने बताए । समापन कार्यक्रमको सहजीकरण इन्कोर कार्यक्रमका संयोजक जगतबहादुर तामाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *