दाङमा ‘करोट’ मञ्चन हुने

मुख्य खबर

दाङ, माघ १३ । एक महिना अघि काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसीपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ मा तुलसीपुरमा मञ्चन हुने भएको हो ।
ख्याल बगालको प्रस्तुती तथा आयोजना र हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको सहआयोजनामा घोराही र तुलसीपुरमा नाटक मञ्चन गरिने भएको हो । रबिलाल थारुको निर्माण रहेको नाटक घोराहीको म्यांगो गार्डेनमा देखाईने उदाहरण समूह, नेपालका नवीन अभिलाषीले जानकारी दिए । प्रणव आकाशद्वारा निर्देशित तेस्रो नाटक हो ‘करोट’ । उनले यस अघि मान्छे पोल्ने भट्टि र भुरभुरा रहर निर्देशन गरेका छन । ‘मान्छे पोल्ने भट्टि’ नेपाली भाषाको नाटक हो भने ‘भुरभुरा रहर’ र ‘करोट’ थारु भाषाको नाटक हो । करोटको अर्थ थारु भाषामा कोल्टे फेर्नु हुन्छ । कलेजका विद्यार्थी, थारु समुदायको बारेमा जानकार सहित आम मानिसलाई लक्षित गरेर निर्माण गरिएको नाटक थिएटर

Leave a Reply

Your email address will not be published. Required fields are marked *