दाङका २ जनामा कोरोना संक्रमण

breaking-news फिचर समाज

दुबै जना भारतबाट आएका थिए

दाङ ।
दाङका दुई जनामा कोरोना संक्रमण भएको छ । दाङको गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा ५ का ३६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । तुलसीपुर ७ का स्थायी ठेगाना भएका तर काठमाण्र्डौमा बस्दै आएका ३४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा गढनाका दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले बताइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा.समिर कुमार अधिकारीले समेत सक्रमणको पुष्टि गरेका छन । दुबै जना तीन दिन अघि मात्रै भारतको मुम्बई र गोरखपुरबाट कपिलबस्तुको कृष्णनगर नाका भएर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *