- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरदहसम्मको यात्रा ...

दहसम्मको यात्रा …

- Advertisement -spot_img

जीतसागर जि.एम.

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमध्ये कुपिण्डे दह पनि एक हो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा पर्ने कुपिण्डे दहको अवलोकनका लागि बिहीबार हामी प्रदेश टुडे दैनिकको परिवार त्यसतर्फको यात्रा तय ग¥यौँ । सुन्दरताले भरिपूर्ण दह अवलोकनका लागि हामीहरू करिब १७ जनाको टिम बिहीबार बिहान ७ बजे तुलसीपुरबाट त्यसतर्फ लाग्यौँ । तुलसीपुरबाट राप्ती लोकमार्ग हुँदै हाम्रो टिम कपुरकोटमा पुगेर केही समयको विश्रामपछि फेरि हामी निरन्तर अघि बढ्यौँ । खाल्डाखुल्डी सडकले कष्टपूर्ण यात्रा भएपनि एउटा प्रमुख धार्मिक एवं पर्यटकीयस्थल अवलोकन गर्न हामी आतुर थियौँ । हाम्रो टिम बिहान करिब ११ बजे श्रीनगरमा पुग्यो ।

त्यसपछि हामी सल्यान खलंगा हुँदै प्रमुख पर्यटकीयस्थल कुपिण्डेतर्फ लाग्यौँ । खलंगादेखि करिब आधा घण्टाको यात्रापछि कुपिण्डेमा पुगेका थियौँ । म यसभन्दा अघि पनि खलंगाबाट पैदल करिब ३÷४ घण्टा लगाएर कुपिण्डे दहमा पुगेको थिए । त्यस समयमा पनि म केही साथीहरूको साथमा कुपिण्डेमा पुगेको थिएँ । म पहिलोपटक पुग्दा जति आनन्द महसुस गरेको थिएँ, दोस्रो पटकको आनन्द पनि उस्तै पाएँ । बिहीबार हामी दहमा पुगेपछि मैले निकै आनन्दित महसुस गरेको थिएँ ।

करिब १० वर्षको अन्तरालमा बिहीबार प्रदेश टुडे दैनिकको परिवार हामीहरू त्यस ठाउँमा पुग्दा प्राकृतिक सुन्दर उस्तै देखियो । त्यसबेलामा कुपिण्डे दहसम्म पुग्नका लागि यातायातको सहज नभएका कारण पनि पर्यटकको संख्या न्यून हुन्थ्यो, किनभने सबै हिडेर पुग्न आँट गर्दैन थिए । अहिले दहस्थलसम्मै पुग्नका लागि मोटरबाटो निर्माण भएको रहेछ ।


करिब १० वर्षको अन्तरालमा बिहीबार प्रदेश टुडे दैनिकको परिवार हामीहरू त्यस ठाउँमा पुग्दा प्राकृतिक सुन्दर उस्तै देखियो । त्यसबेलामा कुपिण्डे दहसम्म पुग्नका लागि यातायातको सहज नभएका कारण पनि पर्यटकको संख्या न्यून हुन्थ्यो, किनभने सबै हिडेर पुग्न आँट गर्दैन थिए । अहिले दहस्थलसम्मै पुग्नका लागि मोटरबाटो निर्माण भएको रहेछ ।

मलाई पनि आजभन्दा १० वर्ष अघिजस्तो यसपटक पैदल हिड्न परेन । दाङदेखि कुपिण्डे दहस्थलमै करिब ३÷४ घण्टाको अवधिमा मोटरमा पुग्न सकिदो रहेछ । बिहीबार दहमा पुग्दा दहको सुन्दरतमा कुनै कमि देखिएन् । दहको कलकल पानी अनि त्यसैमाथि डुंगामा सयर गर्न पाउँदा मन निकै प्रफुल्लित भयो । प्रकृतिले नै उपहारको रूपमा दिएको कुपिण्डे दहको धार्मिक एवं पर्यटनका हिसावले निकै महत्व बोकेको छ ।
कसरी रहन गयो दह ?

कुनै समय दह बन्नुभन्दा पहिले त्यस ठाउँमा ठूलो बस्ती थियो । बस्तीमा एकदिन साधु बास माग्न पुगेछन् । तर कसैले बास दिन मानेनछन् । त्यसपछि ति साधु बास खोज्दै त्यसभन्दा माथिको बस्तीमा पुगे । अर्को बस्तीमा पुग्दा दुईजना वृद्ध बस्ने घर भेटाएछन् । त्यस घरमा पनि उनले बास मागे । ति बृद्ध दम्पत्ति आर्थिक रूपले विपन्न रहेछन् । तर उनीहरू गरिब भएपनि मनको धनी रहेछन् । ति रातिमा आएको साधुलाई नफर्काइ उनीहरूले बास दिए । बास दिने बेलामा उनीहरूले त्यस साधुलाई भनेछन्– ‘हामीहरूले भुसको रोटी खान्छौँ, त्यहि खानुपर्छ’ यसो भनेको सुनेपछि ति साधुले भने छन्– ‘मलाई बासमात्र दिए हुन्छ, अरू केही पर्दैन् ।’

बास बस्दा ति साधुले साथैमा पानी पनि बोेकेका रहेछन् । उनले त्यस पानीलाई देखाउँदै ति वृद्ध दम्पत्तिलाई भनेछन्– ‘मलाई बास नदिने ति गाउँ यो पानीले डुबाई दिने छु । तिमीहरूलाई केही हुँदैन्, हेर्नु भोलि त्यो गाउँ ठूलो पोखरीमा परिणत हुनेछ ।’ अनि भोलिपल्ट बिहान ति साधु पनि देखिएनन् । तलको गाउँ–गाउँको रूपमा थिएन् । त्यहाँ पानीको ताल देखिएको थियो । उनलाई खान दिएको भुसको रोटी सुनको बनेको थियो । त्यो देख्दा वृद्ध दम्पत्ति निकै आश्चर्यमा परे ।

झट्ट हेर्दा कुपिण्डाको आकारको देखिन्छ यो ताल । पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन् । यो तालको देखिने मुहान पनि छैन् र निकास छैन् तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जान्छ ।
रंग बदल्ने दह

कुपिण्डे दहले वर्षमा तीन पटक पानीको रंग बदल्छ । हरियाली रूख विरूवा सुन्दरबस्तीको बीचैमा रहेको कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रंग बदल्छ । कुपिण्डे दहको वरपर स्वच्छ वातावरण उत्तरतिर देखिने हिमशृङ्खला वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाशझैँ दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य छ । कुपिण्डे दह ३४ मिटर गहिरो रहेको भने दह २३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

कुपिण्डे दहको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ५ सय ३४ मिटर रहेको छ । समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाईमा रहेको कुपिण्डे दहले कर्णाली प्रदेशकै आकर्षक पर्यटकीयस्थलको रूपमा रहेको छ । दह सल्यान सदरमुकाम खंलगादेखि १४ किलोमिटर पश्चिममा पर्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।
संरक्षणको अभाव

दहसम्म पुग्ने सडक निर्माण गरिएपनि अरू संरक्षण हुन सकेको छैन् । दहमाथि भएर सडक गएको हुँदा पनि दह क्रमशः माटोले भरिदै गएको छ । अहिले जो कोहिले पनि यो दहको छेउछाउ विस्तारै माटोले पुरिदै गएको देख्न सक्छ । वर्षामा दहको आकार बढेपनि हिउँदमा दह सुक्दै गएको छ ।

वरपरको फोहोरले दहको सुन्दरतामा कमि ल्याएको छ । जथाभावी रूपमा गरिने फोहोर नियन्त्रण गर्न नसकिए दहमा झनै समस्या ल्याउने देखिएको छ । दह अतिक्रमण र फोहोर पनि बढ्दो देखिदा संरक्षणको कमि देखिएको छ । दहको पर्यटन प्रवद्र्धनका लागि सरकारले मोटरबाटो लगायतका संरचना निर्माण गरेपनि अन्य संरक्षणको अभाव नै देखिएको छ ।
रोजगारीको केन्द्र बन्दै

कुपिण्डे दहमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै जान थालेपछि दह रोजगारी प्राप्त गर्ने माध्यम पनि बनेको छ । दहमा दैनिकजसो जाने पर्यटकले दहमा डुंगा चढेर अवलोकन गर्न थालेपछि डुंगा चलाउनेहरूलाई दह रोजीरोटी बन्न थालेको छ । डुंगा चलाएर मासिक १५ हजार आम्दानी गर्ने गरेको डुंगा चालक बालकृष्ण डिसीले बताए । ‘मैले कारोना महामारीपछि यस तालमा डुंगा चलाउन थालेको हुँ, अहिले आम्दानी राम्रै हुन थालेको छ’ उनले भने–‘अहिले दिनदिनै पर्यटकहरू बढ्न थालेपछि मलाई पनि रोजगारीका लागि भौतारिनु परेको छैन् ।

कुपिण्डे दह पर्यटन केन्द्रको रूपमा परिचित हुँदै गएपछि व्यापार, व्यवसायमा पनि बृद्धि भएको स्थानीय मनबहादुर डाँगीले बताए । पछिल्लो समय पर्यटन केन्द्रको रूपमा विकास हुन थालेको दहले धार्मिक महत्व निकै बोकेको अगुवाहरू बताउँछन् । दहसम्म पुग्नका लागि निर्माण गरिएको मोटरबाटोका कारण पर्यटनको संख्या दिनदिनै बढ्दै गएपछि महत्व झनै बढेको छ । अहिले पनि दैनिक ५० देखि १०० जनासम्म पर्यटक आउने गरेका कारण पनि दहको महत्व बढ्दै गएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here