दस्तावेज र हतियार बरामद

फिचर मुख्य खबर राजनीति

पक्राउ परेका विप्लवका नेतासँग
दाङ, २ कार्तिक । दाङमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूको साथबाट प्रहरीले हतियारसहित पार्टीका महत्वपूर्ण दस्तावेज बरामद गरेको जनाएको छ । दाङकोे राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका नेता कार्यकर्ताबाट केही हतियारसँगै पार्टीमा महत्वपूर्ण दस्ताबेज लगायतका सामग्री बरामद भएको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट बरामद गरेको हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्ताबेजहरू शुक्रवार सार्वजनिक गरेको हो । उनीहरूको साथबाट ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ वटा गोली, १ सुलती बम, ३ लाख ८४ हजार ५ सय तीस रूपैयाँ नगद रूपैयाँ बरामद गरेको गरेको जनाएको छ ।

त्यसैगरेर ३७ थान मोवाईल सेट, ग्लोवल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनैतिक दर्शनका किताबहरू, ३० वटा लेटरप्याड, चन्दा माग्न तयार पारिएका केही चिठी र पार्टीको छाप एकथान बरामद भएको दाङ प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।
बिहीबार बिहान १ बजे नेकपाको महत्वपूर्ण बैठकबाट दाङ प्रहरीले २१ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । बिहीबार नियन्त्रणमा लिएको भए पनि दाङ प्रहरीले शुक्रबार मात्रै उनीहरू र उनीहरूसँग बरामद भएको हतियार विस्फोटक पदार्थलगायतका सार्वजनिक गरेको हो । पश्चिम कमाण्ड इन्चार्ज वीरजंग भनिने चन्द्रबहादुर चन्दसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सबै नेता कार्यकर्ताविरूद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्यविरूद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको जनाएको छ । आन्तरिक बैठक बसिरहेका बेला दाङ प्रहरीले बैठकस्थल कब्जामा लिएर २१ जना नेता कार्यकर्ता पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *