दश दिनपछि दाङमा इन्धन

मुख्य खबर

तुलसीपुर, ४ साउन । दाङमा गएको असार २६ गतेदेखि आयातमा ठप्प रहेको पेट्रोलियम पदार्थ शनिबारदेखि सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण १० दिनसम्म ठप्प रहेको पेट्रोलियम पदार्थ शनिबारदेखि सहज आपूर्ति भएको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले जनाएको छ ।
डिपोमार्फत वितरण हुँदै आएको घोराही र तुलसीपुरका २९, सल्यान, रोल्पा र पश्चिम रुकुममा शनिबारदेखि पेट्रोलियम पदार्थ सहज आपूर्ति भएको डिपो प्रमुख सुजित पोख्रेलले जानकारी दिए । डिपोमा शनिबार २ लाख २० हजार लिटर डिजेल र ८० हजार लिटर पेट्रोल आएको छ । पम्पहरुले माग गरे अनुसार नै सबै पम्पहरुमा पेट्रोलियम पदार्थ वितरण गरिएको डिपो प्रमुख पोख्रेलले जानकारी दिए ।
बर्षायामको समयमा ढुवानीका क्रममा पेट्रोलियम पदार्थको मात्रा घट्ने हुँदा ढुवानी व्यवसायीलाई पम्पहरुले तौल अनुसारको भाडा दिदा मर्कामा परेको भन्दै ढुवानी व्यवसायीहरुले आन्दोलन गरेका थिए । पेट्रोलियम पदार्थको चरम अभावसँगै डिलर एसोसिएसनका पदाधिकारीहरुको मौखिक सहमतिमा मर्का नपर्ने गरी भाडाको व्यवस्थापन गर्ने सहमतिपछि ढुवानी व्यवसायीले तेल बोक्ने सहमति गरेपश्चात आपूर्ति सहज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *