- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरदशैँपछि पनि फर्किएनन् कर्मचारी

दशैँपछि पनि फर्किएनन् कर्मचारी

- Advertisement -spot_img

घोराही, ९ कात्तिक । दशँै बिदामा घर गएमा सरकारी कार्यालयका कर्मचारीहरु अझ कार्यालयमा फकिएका छैनन् । जिल्लामा रहेको १ सय २० कार्यालयमा आधा बन्दा बढी कर्मचारी दशैँ सकिए पनि कार्यालयमा आएका छैनन् । सेवाग्राहीको चाप हुने कार्यालहरुमा समेत सबै कर्मचारीहरु काममा खटिएका छैनन् । कति कार्यालयका प्रमुखसमेत अहिलेसम्म कार्यालयमा नपुगेको कार्यालयहरुले जनाएका छन् । अत्याधिक सेवाग्राहीको चाप हुने कार्यालयमध्ये नापी कार्यालयमा कर्मचारीकै अभावमा सेवाग्राहीहरुले सेवा सहजरुपमा नपाएको गुनासो समेत गरेका छन् । नापीका कार्यालय निमित्त प्रमुखले मोहन महासेठले नापी कार्यालयको कुनै पनि सूचना आफूबाट पाउन नसकिने बताए ।
कार्यालयमा भएको कर्मचारी र उपस्थित कर्मचारीको समेत विवरण उननले संवाददातालाई दिन आनाकानी गरे । यसले पनि कर्मचारी अझ कार्यालय नफर्किएको र कार्यालय प्रमुखबाट संरक्षण भइरहेको देखिएको छ । सेवाग्राहीको चाप हुने कार्यालयमध्ये भूमि सुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको चाप धेरै देखिए पनि कर्मचारी सबै काममा नफर्कदा सेवाग्राहीले सास्ती भोगिरहेको गुनासो गरेका छन् । कार्यालयमा कर्मचारी कम हुँदा सेवा लिन समस्या भएको सेवाग्राही घोराही उपमहानगरपालिका–२ का खेमबहादुर बुढाथोकीले बताए । उनले भने– काम सुस्त नै छ, कर्मचारी पनि कमि देखिन्छन् । बिदामा बस्ने अधिकांश कर्मचारी मौखिक रुपमै बस्ने गरेको पाइएको छ भने कतिपय कार्यालयमा सूचना दिन नै आनाकानी गरिएको छ ।
पछिल्लो समय सरकारी कार्यालय सूचनामैत्री नहुँदा नागरिकहरु सूचना पाउने अधिकारबाट बन्चित हुने गरेका छन् । लामो समयदेखि सरकारी कार्यालयमा हुने गरेको ढिलासुस्तीले नागरिकले सास्ती पाउने गरेका छन् । नीति फेरिए, नेतृत्व फेरिए तर अधिकांश सरकारी कार्यालयको अवस्था अझै पनि फेरिन सकेको छैन्– घोराही उपमहानगरपालिका–८ का विक्रमकुमार रोकाले भने– सरकारी कार्यालयमा कार्यालयमा हुने ढिलासुस्ती र तत्काल सम्भव हुने समस्या पनि समाधान गर्न नसक्दा नागरिकले फेरिएको संरचनाको अनुभूति छैन् । दाङमा करिब १ सय २० वटा सरकारी कार्यालय रहेका छन् । यसैबीच प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले चाडपर्वकै कारण मौखिक रुपमा बिदा बसेको बताउँदै कार्यालयको काममा अवरोध नभएको दाबी गरेका छन् । उनले भने– आपतकालीन अवस्था बाहेक कर्मचारीले कामलाई सहज बनाउने गरी बिदा बस्न सक्ने तर कामलाई बाधा हुन हुँदैन् । उनले सूचनालाई सहज नबनाउने कार्यालयलाई सोधपुछ गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here