- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरदंगीशरणमा ३७ प्रतिशतले हात्तीपाईलेको औषधि खाए

दंगीशरणमा ३७ प्रतिशतले हात्तीपाईलेको औषधि खाए

- Advertisement -spot_img

दंगीशरण, १६ फागुन । हात्तीपाईले रोगविरुद्धको औषधि बुधबारदेखि दंगीशरण गाउँपालिकामा शुरु गरिएको छ । गाउँपालिकाका ६ वटा स्वास्थ्य केन्द्रबाट हात्तीपाईले रोगविरुद्धको औषधि खुवाईएको छ । ईलाका स्वास्थ्य चौकी हेकुलीमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले आफ्रले औषधि खाएर अभियानको शुभारम्भ गरेका हुन् ।
अध्यक्ष चौधरीले बिना संकोच हात्तीपाईले रोगविरुद्धको औषधि खान आग्रह गर्दै औषधि आफैले खान दिएका थिए । गाउँपालिकामा बुधबार पहिलो दिन हेकुली, मिरौली, डाडाँचिस, रावतगाउँ र सुकदेवामा वुथ राखेर औषधि वितरण गरिएको छ । हेकुली स्वास्थ्य चौकीमा ३ सय ६५ पुरुष, ४ सय ६१ महिलाले औषधि खाएका छन् ।
यसैगरी मिरौलीमा १ सय २९ पुरुष, ९ सय ९७ महिला, सलौरामा १ सय ५५ पुरुष, ३ सय ७ महिला, डाडाँचिसमा १ सय २८ पुरुष, २ सय ४६ महिला, रावतगाउँमा २ सय ६५ पुरुष, ३ सय ५४ महिला र सुकदेवाको बुथमा १ सय ४७ पुरुष, २ सय ५ महिलाले औषधि खाएका छन् । बुधबार पहिलो दिन दंगीशरणमा जम्मा ३७ प्रतिशतले औषधि खाएका ईलाका स्वास्थ्य चौकीका प्रमुख टेक बहादुर खत्रीले जानकारी दिए  ।
प्रत्येक बुथमा वडा सदस्यसहित एक÷एकजना स्वास्थ्यर्मी र २ देखि ५ जना स्वंयम्सेविका परिचालन गरिएको छ । बुधबार पानी परेपनि औषधि खानेहरुको भिडभाड थियो । हात्तीपाईले रोगविरुद्धको औषधि यहि फागुन २० गतेसम्म खुवाईने गाउँपालिकाकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here