- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरदंगीशरणमा अन्तरविद्यालय प्रतियोगिता

दंगीशरणमा अन्तरविद्यालय प्रतियोगिता

- Advertisement -spot_img

दंगीशरण, ६ असार । दंगीशरण गाउँपालिकामा अन्तरविद्यालय अतिरिक्त प्रतियोगिता सुरु भएको छ । अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रमअन्तर्गत बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
आधरभूत विद्यायमा अध्यनरत विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउन र लुकेका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक अलिन केसीले बताए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको र साना बालबालिकाहरुका लागि त्यस्ता प्रतियोगिताहरु नरहेका कारणले उनीहरुलाई अतिरिक्त क्रियाकलापमा लगाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक केसीले बताए । उनले प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने बताए ।
दंगीशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई खेलकुदमा पनि सहभागी गराए पढाइप्रतिको रुचि अझ बढेर जाने बताए ।
सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । शिक्षा शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
पहिलो दिन १ सय मिटर दौड, कुर्सी दौड, हिसाव दौड, हिज्जे प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता भएका छन् । जसअन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा वीरेन्द्र मावि हेकुलीका मिना डाँगी, सुशील डाँगी र रञ्जीत चौधरीको समूह प्रथम,
सिद्धपृथ्वी जनता मावि श्रीगाउँका छवी केसी, निरज देवकोटा र अनिल केसीको समूह द्वितीय, मावि मधपुरका विेजेता पुन, ऋषिराज कुसारी र बसन्तराज कुसारीको समूह तृतीय स्थान हासिल गरेको छ ।
यस्तै हिज्जे प्रतियोगितामा जनता आधारभूत विद्यालय बुटनियाका ललित चौधरी प्रथम, सिद्धपृथ्वी जनता मावि श्रीगाउँका निरज देवकोटा द्वितीय, मावि मधपुरका करण चौधरी तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी १ सय मिटर दौडमा छात्रतर्फ रात्री आधारभूत विद्यालय बैबाङका कोशम चौधरी प्रथम, भानु मावि प्रसडुवाका अनिल घर्ती द्वितीय, लक्ष्मी नारायण आधारभूत विद्यालय सलौराका कृष्ण टण्डन र मावि मधपुरका विराज कुसारीले तृतीय स्थान हासिल गरेका छन्
भने छात्रातर्फ रात्री आधारभूत विद्यालय बैबाङकी सृष्टिका चौधरी प्रथम, वीरेन्द्र मावि हेकुलीकी दिपिका वली द्वितीय, सिद्धपृथ्वी जनता मावि श्रीगाउँकी रोशनी सुनार तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
यस्तै हिसाब दौड प्रतियोगितामा छात्रातर्फ वीरेन्द्र मावि हेकुलीकी प्रेम कुमारी चौधरी प्रथम, भानु मावि प्रसडुवाकी सविना चौधरी द्वितीय, जनता आधारभूत विद्यालय बुटनीयाकी सुस्मीता चौधरी तृतीय स्थान हासिल गरेकी छन् भने छात्रतर्फ वीरेन्द्र मावि हेकुलीका योगेश डाँगी प्रथम, लक्ष्मी नारायण आधारभूत विद्यालय सलौराका विनोद खड्का द्वितीय र भानु मावि प्रसडुवाका रविन विक तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
यस्तै प्रतियोगिताअन्तर्गत कुर्सी दौडमा छात्रातर्फ प्रावि खलुवाचिसकी समीक्षा चौधरी प्रथम, आधारभूत विद्यालय बाँकी बेटारपुरकी एलिसा खड्का द्वितीय र रात्री आधारभूत विद्यालय बैबाङकी सुस्मिता चौधरी तृतीय स्थान हासिल गरेकी छन्
भने छात्रतर्फ रात्री आधारभूत विद्यालय बैबाङका मदन चौधरी प्रथम, भानु मावि प्रसडुवाका अनिल विक द्वितीय र सस्वती आधारभूत विद्यालय पदमपुरका निमेश योगी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । बिहीबार पहिलो दिन सम्पन्न प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here