- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरदंगाहा थारु भाषामा पठन सामाग्री निर्माण

दंगाहा थारु भाषामा पठन सामाग्री निर्माण

- Advertisement -spot_img

तुलसीपुर, २८ बैशाख ।
नेपालमा पहिलो पटक दंगाहा थारु भाषामा पठन सामाग्री निर्माण गरिएको छ । दाङमा विश्व शिक्षा तथा बेसको सहकार्यमा दंगाहा थारु भाषामा करिव दुईसय पठन सामाग्री निर्माण गरिएको छ । प्रारम्भिक तहका बालबालिकाहरुलाई लक्षित गरी विभिन्न सातवटा भाषामा यस प्रकारको सामाग्री निर्माण गरिरहेको छ । अवधि, डोटेली, भोजपुरी, नेवारी तथा नेपाली भाषामा यसअघि नै सामाग्री निर्माण गरी सकिएको र यसपटक दंगाहा थारु भाषामा पठन सामाग्री निर्माण गरिएको विश्व शिक्षाका लालबहादुर चौधरीले जानकारी दिए । उनले निकट भविष्यमा नै मैथली भाषामा पनि पठन सामाग्री निर्माण गरिने तयारी गरेको बताए ।

बालबालिकाहरुको दीगो सिकाइ तथा पठन सीप विकासका लागि आकर्षक र रुचिकर विषयहरुमा रहेर चित्रसहितको उक्त सामाग्री ब्लूम सफ्टवयरको प्रयोगमा निर्माण गरिएको छ । उक्त सामाग्रीको थप सम्पादन पश्चात बेवसाईटमा अपलोड गरिने छ र विश्वका हरेक स्थानबाट उक्त थारु भाषाका सामाग्रीहरु पढ्न तथा हेर्न र प्रयोग गर्न सकिने छ ।


हरेक भाषामा करिव दुईसय जति पठन सामाग्री निर्माण गरिने छ, जुन विसंकेतक तथा तहगत पठन सामाग्रीका रुपमा रहेका छन् । दंगाहा थारु भाषामा पठन सामाग्री निर्माणका लागि पाँच दिनसम्म कार्यशाला सञ्चालन गरिएको थियो । उक्त कार्यशालामा २० जना लेखकहरु तथा एकजना चित्रकारको समेत सहभागिता रहेको थियो । प्रारम्भिक तहका बालबालिकाहरुको पठन सीप विकासमा सहयोग पु¥याउनका लागि उक्त सामाग्री निर्माण गरिएको हो ।
बालबालिकाहरुको दीगो सिकाइ तथा पठन सीप विकासका लागि आकर्षक र रुचिकर विषयहरुमा रहेर चित्रसहितको उक्त सामाग्री ब्लूम सफ्टवयरको प्रयोगमा निर्माण गरिएको छ । उक्त सामाग्रीको थप सम्पादन पश्चात बेवसाईटमा अपलोड गरिने छ र विश्वका हरेक स्थानबाट उक्त थारु भाषाका सामाग्रीहरु पढ्न तथा हेर्न र प्रयोग गर्न सकिने छ । सामाग्री निर्माण पूर्व विविध थारु भाषाभित्र रही नक्साङ्कन कार्य गरिएको थियो । उक्त नक्साङ्कनले दंगाहा थारु भाषामा सामाग्री निर्माण गरी नेपालको प्रदेश नम्बर ५ र ६ मा बढीभन्दा बढी थारु भाषी बालबालिकाहरु लाभान्वित हुने निष्कर्ष निकालेको थियो ।

दंगाहा थारु भाषामा निर्मित सामाग्री कुनैपनि स्थान वा विद्यालयले आवश्यकता अनुरुप विद्यालयमा शिक्षकहरुले सहज रुपमा विद्यालयमा नै प्रिन्ट गरी प्रयोग गर्न सक्नेछन् । सामाग्री लेखकहरुको सवलीकरण परियोजना अन्तर्गत तयार गरिएको हो ।


दंगाहा थारु भाषामा निर्मित सामाग्री कुनैपनि स्थान वा विद्यालयले आवश्यकता अनुरुप विद्यालयमा शिक्षकहरुले सहज रुपमा विद्यालयमा नै प्रिन्ट गरी प्रयोग गर्न सक्नेछन् । सामाग्री लेखकहरुको सवलीकरण परियोजना अन्तर्गत तयार गरिएको हो । प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई पठन सीप सुधारका लागि उक्त पठन सामाग्रीको प्रयोग तथा यसले थारु भाषी बालबालिकाहरुलाई निकै नै मद्दत पुग्ने र यसले दंगाहा थारु भाषाको संरक्षण र सम्वद्र्धनमा समेत सहयोग पुग्ने चौधरीले बताए ।
यसैबीच पाँचदिने सवलीकरण तालिम समेत गरिएको छ । बैशाख २४ गतेदेखि सुरु भएको तालिम २८ गते सम्पन्न भएको हो । कार्याशालामा विश्व शिक्षाका सीमा आचार्य, सचिन खड्का तथा लालबहादुर चौधरीले र राष्ट्रिय प्रारम्भिक तहको पढाइ कार्यक्रम र यसको महङ्खव तथा पठन सामाग्रीले गर्ने सहयोगबारे शिक्षा विकास तथा समन्वय इकाई दाङका देवमणि चौधरीले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here