- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरथ्रेसर मेसिनमा परी बालिकाको मृत्यु

थ्रेसर मेसिनमा परी बालिकाको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर, ९ मंसिर । दाङमा धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैँका सोमराज चौधरीका ७ वर्षीया छोरी बिपना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकोे धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार शुक्रबार राति करिव सवा ९ बजेतिर लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसरको पंखामा चौधरीले लगाएको कपडा अल्झेर उनी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते चौधरीलाई शुक्रबार राति नै राप्ती अञ्चल अस्पतालमा तुलसीपुरमा प्रारम्भिक उपचार गरेर थप उपचारको लागि बाँकेको कोहलपुरतर्फ रेफर गरिएको थियो । त्यहा पनि उनको उपचार सम्भव नभएपछि कोहलपुरबाट थप उपचारको लागि भारतको लखनउ हस्पिटलमा रेफर गरिएको थियो । उपचारको लागि भारतको लखनउतर्फ लैजादै गर्दा ७ बर्षीया बालिका बिपना चौधरीको बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here