- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरथारू संस्कृति जोगाउन नयाँ पुस्ता जाग्दै

थारू संस्कृति जोगाउन नयाँ पुस्ता जाग्दै

- Advertisement -spot_img

गढवा, २६ पुस । माघीको पूर्वसन्ध्यामा बुधबार देउखुरीको गढवामा आयोजना गरिएको माघी मिलन कार्यक्रममा बोल्ने अधिकांश सांसदहरुले मौलिक परम्परा, भेषभूषा र संस्कृति जोगाउन नयाँ पुस्तालाई आह्वान गरेका छन् । गढवा गाउँपालिकाको पहलकदमी र प्रगति महिला सहकारी संस्था लि.को आयोजनामा बुधवार गढवामा आयोजना गरिएको माघी मिलन कार्यक्रममा उपस्थित सांसदहरु समेत छमछमी नाचेर दर्शकहरुको आकर्षण बने । थारु संस्कृति झल्किने भेषभूषामा सजिएर आएका कार्यक्रमका अतिथि प्रतिनिधि सभाका सांसद गंगा थारु र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले पनि थारु संस्कृति र परम्परा हराउन थालेकोमा संरक्षण गर्न नयाँ पुस्ता जग्नुपर्ने बताए ।
कार्यक्रमका अतिथिहरु सांसद शान्ता चौधरी, विष्णु पौडेल, प्रदेश सांसदहरु दामा शर्मा, इन्द्रजित चौधरी र सरस्वती गौतम पनि मञ्चमा छमछमी नाचेर नयाँ पुस्तालाई संस्कृति र परम्परा जोगाउने सन्देश दिए । कार्यक्रमको अर्को विशेषता मञ्चमा सजिसजाऊ राखिएका थारु हस्तकलाका विभिन्न सामाग्रीहरु र थारु परिकारहरु घोंगी, ढिकरी, खरीया र सुंगुरका मासु अतिथि र दर्शकका आकर्षणका केन्द्र बनेका थिए ।
थारु समुदायको परम्परागत संस्कृति हराउन थालेको भन्दै नयाँ पुस्ताले चिन्ता ब्यक्त गर्न थालेका छन् । बुधबार गढवामा आयोजित माघी मिलन कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर आएकी गढवा ५ कटियान गाउँकी सचिता चौधरीले संस्कृति जोगाउन चिन्ता प्रकट गरिन् । परम्परागत संस्कृति लोप हुन थाल्यो, यसको संरक्षण गर्न नयाँ पुस्ताले ध्यान दिनु जरुरी छ, कार्यक्रममा नाच्नका लागि भेषभूषामा सजिएकी १६ बर्षिय रञ्जना चौधरीले भनिन् । त्यसो त गढवा ५ की गैरथारु परिवारकी रचना केसीले पनि थारु पहिरनमा सजिएर मञ्चमा नाच्दै संस्कृति जोगाउने सन्देश प्रवाह गरेर सबैको मन लोभ्याइन् ।
शिरमा लगाउने चाँदा, पछेला, मगिहा, कानमा लगाउने विर, टाउका, पाखुरामा लगाउने बिजाइठ, तडिया, बाला, सुटिया नथियाजस्ता गरगहना र लेहंगा, कुर्थामा सजिएर आएकी सांसद गंगा थारु तथा यि र यस्तै भेषभूषामा सजिएका नयाँ पुस्ताका कलाकारहरु सबैको पहिरनले साँच्चिकै नयाँ पुस्तालाई संस्कृति संरक्षणमा उत्साहित र चिन्तीत दुबै खालको सन्देश प्रवाह गरेको झल्किन्थ्यो । आयोजक संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षता र प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सांसद चौधरीले थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन, उन्नयन र विकासमा युवा पुस्ताले चासो राख्नु पर्ने बताए । कार्यक्रममा बोल्दै सांसद चौधरीले भालुवाङ, रिहार, अमिलिया, लमही, राजपुर र वनगाउँको बस्ती जंगल क्षेत्र, गुठी र विश्वविद्यालयका नाममा भएकोले ति जग्गाहरु त्यहाँ बसोवास गर्ने नेपाली जनताको नाममा हुनुपर्ने कुरा संसदमा जोडदार आवाज उठाउने बताए ।
कार्यक्रममा सांसद शान्ता चौधरीले थारु समुदायका चाडपर्व, संस्कृति, भेषभूषा र परम्परालाई जोगाउन थारु आयोगको संवैधानिक ब्यवस्था भएको भन्दै नयाँ पुस्ताले यस्ता विषयमा चाँसो दिनुपर्ने बताइन् । माघी थारुहरुको मात्र नभएर आम नेपाली जनताहरुको साझा पर्व भएकोले प्रदेश नं. ५ को सरकारले २ दिन बिदा गरेको सांसद गंगा चौधरीको भनाइ थियो । थारु समुदायका चाडपर्व र संस्कृति श्रममा आधारित भएकोले फुर्सद मिलाएर माघीमा टाढा–टाढा गएकाहरु पनि घरमा आउने विशेषता रहेको र यो थारु समुदायको मौलिक पहिचान र संघर्षको पर्व भएको प्रदेश नं. ५ का सांसद इन्द्रजित चौधरीले बताए । कार्यक्रममा संघीय सांसद बिष्णु शर्मा पौडेल, प्रदेश नं. ५ का सांसद दामा शर्मा, सरस्वती गौतम, थारु कल्याणकारीणी सभा क्षेत्र नं. १ का सल्लाहकार राजेन्द्र चौधरी, नेकपाका नेता रामप्रसाद गैरे, सामाजिक अभियन्ता शारदा चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । दिनभरजसो सञ्चालन भएको माघी मिलन कार्यक्रममा विविध भेषभूषा झल्किने थारु संस्कृतिमा आधारित गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । आयोजक संस्थाका कृष्णा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समिता चौधरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here