भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई थारु समुदायका महिलाहरुले अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी मनाउँदै आएका छन् । आइतबार ब्रत बसी कृष्णको पूजाआजा गरी सोमबार नजिकको खोला, नदीमा फुलपाती सेलाई, नुहाईधुवाइ गरी घरमा विभिन्न परिकार बनाएर पूजाआजा गरी खाने प्रचलन रहिआएको छ ।