- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरथारु कल्याणकारिणीको संगठन विस्तार

थारु कल्याणकारिणीको संगठन विस्तार

- Advertisement -spot_img

तुलसीपुर, १५ चैत । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ दाङको संगठन विस्तार तथा जनजागरण अभियान कार्यक्रम तुलसीपुरमा भएको छ । थारु जातिको पहिचान र मान्यताको फाईदा गैर थारुहरुले दिने गरेकाले यसको बचाउनमा सबै थारु समुदाय एकजुट हुनु पर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रमका अवसरमा बोल्दै अधिवक्ता रामशरण चौधरीले थारुहरुको फुटकै कारण अहिले एकआपसमा विभिन्न समस्याहरु निम्तिन थालेको बताए ।
उनले जातियताका आधारमा आफूहरु कमजोर भएको महसुस गर्नाले सरकारले प्रदान गर्ने बजेटसमेत गुम्ने अवस्था सिर्जना भएको बताए । थारुहरु जागरण संगठन विस्तारमा कमजोर भएको बताउँदै उनले आफूहरुलाई मजबुत बनाउनका लागि सक्रिय भएर लाग्नसमेत आग्रह गरे । संगठन मजबुत नहुँदासम्म थारु जाति अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि छोटीलाल थारुले थारुहरुलाई अगाडि बढाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए । कार्यक्रममा अन्य वक्ताहरुले थारुहरु पार्टीको लागि नभएर जातियताको लागि आवाज उठाउन जरुरी रहेको बताए ।
कार्यक्रममा महटवा बुझौना थारु, वडा नम्बर १२ का वडा सदस्य रामशरण चौधरी थारु पत्रकार संघ दाङका कावा अध्यक्ष अञ्जना चौधरी लगायतले बोलेका थिए । कार्यक्रम थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ का सभापती महेश थारुको अध्यक्षतामा भएको थियो ।
यसैबीच लिलामणि चौधरीको नेतृत्वमा २१ सदस्यीय नगरस्तरीय थारु कल्याणकारिणी सभा गठन गरिएको छ । जसको उपाध्यक्षमा बिनु चौधरी, सचिवमा बालचन्द्र चौधरी, कोषाध्यक्षमा निरमा चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा रितु चौधरी, फुलराम चौधरी, विश्वकिरण चौधरी र बुद्धिराम चौधरी रहेका छन् । अन्य सदस्य १९ वटै वडाबाट मनोनित गरिने सभाका अध्यक्ष महेश थारुले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here