- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजथर्कुडाँडा ज्ञानमहायज्ञ जारी

थर्कुडाँडा ज्ञानमहायज्ञ जारी

- Advertisement -spot_img

तुलसीपुर, १२ भदौ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणका लागि तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दैनिकजसो दानदाताको संख्या बढ्दै गएको छ । महायज्ञमा बुधबार पनि दानदाताको संख्या उल्लेख्य रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए ।
महायज्ञमा बुधबार २ लाख ५ हजार बढी दान संकलन भएको संयोजक अधिकारीले बताए । महायज्ञमा बुधबार सबैभन्दा बढी महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोदकुमार भण्डारीले गरेको मुल आयोजक समितिले जनाएको छ ।
महायज्ञमा एसियन मौरी फर्मका सञ्चालक तथा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्बर बुढाथोकीले २० हजार १ सय ५ रकम सहयोग गरेका छन् । त्यसैगरी ज्ञानमहायज्ञमा सोहि ठाउँका गोविन्द केसी ‘सुनिल’ले ११ हजार १ सय ११, गोविन्द खत्रीले १० हजार १ सय ११ रकम सहयोग गरेको संयोजक अधिकारीले जानकारी दिए ।
पाँचौ दिनसम्म १२ लाख बढी दान संकलन भएको छ । महायज्ञमा आइतबार ४ लाख, सोमबार ४ लाख र मंगलबार २ लाख, बुधबार २ लाख ५ हजार गरी १२ लाख बढी दान संकलन भएको छ ।
भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ यही भदौ ७ देखि जारी ज्ञानमहायज्ञ १५ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
हिन्दू धर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ’ उनले भने–‘महायज्ञबाट संकलित रकमले मन्दिर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here