थर्कुडाँडामा आजदेखि महायज्ञ

मुख्य खबर समाज

तुलसीपुर, ७ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणका लागि आज शनिबारदेखि महायज्ञ सञ्चालन हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ शनिबारदेखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।
हिन्दूधर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गर्न लागेको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए ।
‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ’ उनले भने ‘महायज्ञबाट संकलित रकमले भद्रकाली मन्दिर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’ महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महायज्ञ सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संयोजक अधिकारीले बताए ।
महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहने भएका छन् । त्रिमूत्र्रि शिव मन्दिरको प्राङ्गणमा सञ्चालन हुन लागेकोे महायज्ञलाई सफल बनाउन प्रचार–प्रचार तथा मञ्च व्यवस्थापनको सकिएको स्वयम्सेवक संयोजक घनश्याम बस्नेतले बताए ।
महायज्ञमा एक लाख भन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने भएको छ । त्यस्तै ७० हजारदेखि १ लाखसम्म दान गर्ने दातालाई घरबाटै पञ्चेबाजासहित महायज्ञ स्थलमा परिक्रमा गराइने, ५० हजार देखि ७० हजारसम्म दान गर्ने दातालाई पञ्चेबाचासहित महायज्ञस्थलमा परिक्रममा गराईने आयोजनकले जनाएको छ । लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तन समेत हुने मूल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *