- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरतुलसीपुर ६ मा १३ बालश्रमिक्

तुलसीपुर ६ मा १३ बालश्रमिक्

- Advertisement -spot_img

तुलसीपुर, २५ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा १३ जना बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना अनुसार बालश्रममुक्त वडा घोषणा गरिन लागेको वडा नं. ६ मा १३ जना बालश्रमिक भएको तथ्याङ्क आएको बालश्रममुक्त घोषणा मूल समारोह समितिका कार्यदलका संयोजक तथा वडा अध्यक्ष नवराज लामिछानेले बताए ।
उपमहानगरले पहिलो चरणमा ६ नम्बर वडालाई बालश्रममुक्त वडा घोषण गरेपछि अन्य वडा र नगरमा समेत यो अभियान सञ्चालन गरिने लामिछानेले बताए । यो कार्यक्रमलाई सबै वडामा लैजान्छौँ, उनले भने, ‘पहिलो चरणमा वडा नं. ६ घोषणा गर्दैछौ ।’
घोषणको तयारी तिव्र पारिएको र सबै उपसमितिहरु सक्रियरुपमा रहेको जानकारी दिए । अहिलेसम्म ६ नम्बरमा १३ श्रमिक भेटिएका छन, ती सबैजनालाई भदौ १५ गतेसम्म पुुनस्र्थापन गरेर भदौ २८ मा बालश्रममुक्त वडा घोषणा गर्छाै ।
एक महिनाको तथ्याङ्कमा अहिले वडा नम्बर ६ मा १३ जना बालश्रमिक रहेका छन् । तर अबको एक महिनामा सबै बालबालिकालाई उद्दार गरिने उनले बताए । सबै वडालाई बालश्रममुक्त घोषणा गरेपछि पनि नियमित रुपमा निगरानी गर्ने भएको छ ।
वडालाई बालश्रममुक्त बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । नगरका बालश्रम लगाउनेहरुलाई पहिले तीनको पुनस्र्थापन गर्न आग्रह गर्ने र अटेर गरेमा कानुनी प्रक्रिया अघि बढाउने योजनामा नगरको रहेको तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख माया श्रेष्ठले बताइन् ।
यसैबीच शुक्रबार बालश्रममुक्त मुल समितिअन्तर्गतको सूचना तथा सञ्चार उपसमितिको तयारी बैठक बसेको छ । उपसमितिका संयोजक नारायण भण्डारीको अध्यक्षतामा तथा कार्यदलका संयोजक नवराज लामिछानेको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकका उपसमितिको कार्यायोजना पारित गरेको छ  । बैठकले अभियान सफल बनाउन प्रचार प्रसारलाई प्रभावकारी बनाउने र सबै सञ्चार संस्थाहरुसँगको सहकार्य अघि बढाउने निर्णय गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले बालमैत्री नगर बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग र भूमिका निभाउनुपर्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here