- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरतुलसीपुर र घोराहीमा आजदेखि महोत्सव

तुलसीपुर र घोराहीमा आजदेखि महोत्सव

- Advertisement -spot_img

दाङ, १० माघ । तुलसीपुर र घोराहीमा आजदेखि एकैसाथ महोत्सव सञ्चालन हुन थालेका छन् । तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघ र घोराहीमा चेम्बर अफ कमर्स दाङको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । तुलसीपुर महोत्सव २० गतेसम्म र घोराहीमा २२ गतेसम्म सञ्चालन गर्ने आयोजकहरूले बताएका छन् ।
जिल्लाको पर्यटन प्रवद्र्धनसँगै विभिन्न स्थानीयस्तरको उत्पादनको प्रवद्र्धन र कला, संस्कृतिको संरक्षणका लागि महोत्सव सञ्चालन हुन लागेको हुन् ।
तुलसीपुरमा निर्मार्णाधिन सभाहलको निर्माण सम्पन्न गर्न र एयरपोर्टको स्तरन्नोतिका लागि महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए ।
‘निर्माणाधिन सभाहलको सम्पन्न गर्न, टरिगाउँ विमानस्थलको स्तरोन्नति र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि तुलसीपुर महोत्सव सञ्चालन गर्न लागिएको हो’
उनले भने– ‘महोत्सवबाट करिब १ करोड बचत संकलन गर्ने लक्ष्य राखिएको छ ।’ कृषि, व्यापार, पर्यटन र साँस्कृतिक अभियानमा हाम्रो पहिचान, स्वदेशी उत्पादनको प्रयोग गरौँ, बलियो अर्थतन्त्रको निर्माणमा सहभागी बनौँ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।
महोत्सवमा विभिन्न राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिमा सांगीतिक प्रस्तुति रहनेछन् । महोत्सवलाई भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि तुलसीपुर महोत्सवलाई सिसी क्यामराबाट निगरानी गरिनेछ ।
तुलसीपुरमा चार सय बढी स्टल निर्माण भएका छन् । तुलसीपुर महोत्सव यात्रुहरूको सहजताका लागि नगर बस सञ्चालन गरिने भएको छ ।
महोत्सवमा यात्रुले यातायातको समस्या भोग्नुपर्ने अवस्था नआओस् भनेर यातायात नगर परिक्रमा गर्ने नगरबस व्यवस्थापन गरिएको यातायात तथा स्वयम्सेवक उपसमितिका संयोजक सुरेश हमालले बताए ।

महोत्सवका लागि तुलसीपुरको दक्षिण क्षेत्र पुकार पसलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौरदेखि महोत्सव स्थल, पश्चिम कृष्ण मन्दिरदेखि महोत्सव स्थल र पूर्वमा बिजौरीदेखि महोत्सव स्थलसम्म नगरबसहरू सञ्चालन गरिने छ ।
‘महोत्सवमा चढे झरे १० रूपैयाँ लिएका छाँै, यो भाडा तोकिएको रूटमा लागू हुनेछ’ । संघले महोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ ।
महोत्सवका तयारी सबै पूरा भएको र उद्घाटन पर्यटन मन्त्रीले गर्ने महोत्सवका निर्देशक विमल रिजालले बताए । उनले व्यवसायीदेखि महोत्सवका दर्शकलाई समेत बिमाको व्यवस्था गरिएको जानकारी दिए ।
यस्तै घोराहीमा पनि शुक्रबार आजदेखि २२ गतेसम्म महोत्सव आयोजना गरिएको छ । घोराहीमा पर्यटन प्रवद्र्धन गर्न व्यापारिक एवं कृषि औद्योगिक महोत्सवको आयोजना गरिएको हो । घोराहीमा लाग्ने महोत्सवमा २ सय ३० वटा विभिन्न व्यापारिक एवं सेवामूलक स्टलहरू निर्माण भएका छन् ।
महोत्सवमार्फत दाङको पर्यटन प्रवद्र्धनका हुने महोत्सव मूल आयोजक समितिका निर्देशक एवं चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले जानकारी दिए ।
महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, भेषभूषा, स्थानीय परिकार र कृषि उपजलाई प्राथमिकतामा राखिएको उनले बताए । घोराहीमा स्थानीय उत्पादनका स्टललाई १० प्रतिशत सहुलियतमा प्रदान गरिने भएको छ ।
महोत्सवमा पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष महराले १२ दिनमा पाँच करोड कारोबार तथा पाँच लाख दर्शकले महोत्सवको अवलोकलन गर्ने विश्वास गरेका छन् ।
यस्तै महोत्सवमा स्टल राख्ने ब्यवसायी र ब्यापारको बिमाको ब्यवस्था रहेको बताउँदै अध्यक्ष महराले २४ वटा सिसी क्यामरामार्फत् महोत्सवको निगरानी समेत गरिने बताए ।
बिहान साढे ११ बजेदेखि झाँकी, ¥यालीसहित मेला उद्घाटनको तयारी छ । ‘महोत्सवमा स्थानीय व्यवसायी–हरूको उत्पादन तथा वस्तुले प्राथमिकता पाओस् भन्ने उद्देश्यले हामीले सहुलियत प्रदान गर्ने निर्णय गरेका हौं’
उनले भने ‘महोत्सवमा बाहिरका उत्पादनभन्दा स्थानीय उत्पादनलाई नै बढी प्राथमिकता दिइने छ ।’ तुलसीपुर र घोराहीमा हुन लागेको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गर्ने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here