- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरतुलसीपुर धेरै बालविवाह

तुलसीपुर धेरै बालविवाह

- Advertisement -spot_img

घोराही, २३ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाभित्र अत्यधिक बालविवाह हुने गरेको देखिएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरभित्र २० वर्ष मुनिका ३ सय ७५ जना गर्भवती भएका छन् ।
चालु आर्थिक वर्षको ८ महिनामा ३ सय ७५ किशोरी गर्भवती जाँच गराउन उपमहानगरका स्वास्थ्य संस्थामा पुगेको महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । कानुनले २० बर्ष पुगेपछि मात्रै विवाह गर्न मिल्ने व्यवस्था गरेको छ । तर अशिक्षा, लहलहै र परम्परागत सोंचका अनुसार २० बर्ष नपुग्दै विवाह गर्ने गरेको देखिएको केसीले बताए ।
बढ्दो बालविवाहसँगै गर्भपतन गराउनेहरु पनि बढ्दै गएका छन् । चालु आर्थिक बर्षमा २० वर्ष भन्दा मुनिका १७ जनाले गर्भपतन गराएको महाशाखाले जनाएको छ ।
उपमहानगरले बालविवाह न्यूनीकरणका लागि घर–घरमा सचेतना पत्र, गाउँ टोलमा सचेतनामूलक नाटक, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्दै आए पनि प्रभावकारी देखिएको छैन ।
यसैबीच अस्पतालमा पुगेर बच्चा जन्माउने आमाहरुको संख्यामा भने प्रगति हुँदै गएको महाशाखाको भनाइ छ । चालु आर्थिक वर्षको ९ महिनामा १ हजार २ सय ८९ जना गर्भवती अस्पताल पुगेर बच्चा जन्माएका हुन् ।
उपमहानगरले नगर क्षेत्रका स्वास्थ्य संस्थामै पुगेर नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराएपछि प्रोत्साहन स्वरुप पाँच हजार भत्ता वितरण गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here