- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरतुलसीपुर क्षेत्रका क्रसरको अनुगमन

तुलसीपुर क्षेत्रका क्रसरको अनुगमन

- Advertisement -spot_img

तुलसीपुर, ७ जेठ ।
जिल्ला समन्वय समितिले जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योगको अनुगमनलाई तिव्रता दिएको छ । नदीजन्य वस्तुहरुका अनाधिकृत उत्खनन् भइरहेको र यहाँका क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालन भइरहेका गुनासो बढ्न थालेपछि समन्वय समितिले अनुगमन थालेको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।
सोमबार तुलसीपुर क्षेत्रमा केही क्रसर उद्योगहरुको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका उप–प्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतम, इन्जिनियर बासुदेव भण्डारी, सव इन्जिनियर रामकुमार आचार्य लगायतको टोलीले क्रसरको अनुगमन गरेको हो । मापदण्ड विपरित स्थापना र सञ्चालन भएका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याएर राजस्व र करको दायरामा ल्याउन अनुगमन तिव्र पारिएको उपप्रमुख पौडेलले बताए ।

अनुगमन गरिएका उद्योगमा खरिद भन्दा दोब्वरजस्तो ढुङ्गाजन्य वस्तु भेटिएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए ।


उनले अधिकांश उद्योगहरु मापदण्ड विपरित सञ्चालन भएको, खरिदभन्दा स्टक गरेको कच्चापदार्थ बढि देखिएको, क्रसर सञ्चालनको लागि आवश्यक मापदण्ड पूरा नगरेको पाइएको जानकारी दिए । उनले नियमन र अनुगमन समन्वय समितिले गरिरहेको भन्दै कानुनी दायरामा ल्यारै छोड्ने बताए । अनुगमन गरिएका उद्योगमा खरिद भन्दा दोब्वरजस्तो ढुङ्गाजन्य वस्तु भेटिएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए ।

उनले खरिद र जम्मा समान नभए बढी आएको वस्तुको राजस्व लाग्ने बताए । यसैबीच तुलसीपुर २ मा रहेको भाग्यलक्ष्मी कंक्रिट उद्योगको अनुगमनको क्रममा २८ हजार घनमिटर नदीजन्य वस्तु खरिद भएकोमा ५० हजार घनमीटर वस्तु उद्योगमा पाइएको अनुगमन समितिले जनाएको छ । उद्योग सञ्चालकहरुले भने त्यति धेरै उद्योगमा स्टक नभएको दाबी गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here