तुलसीपुर–कालिमाटी सडक सञ्चालनमा

मुख्य खबर समाज

दाङ, २२ भदौ । अवरुद्ध भएको लामो समयपछि तुलसीपुर–सल्यान कालिमाटी सडकखण्ड सञ्चालनमा आएको छ । बर्षाका कारण सडक अवरुद्ध भएको सडक बिहीबारदेखि सञ्चालनमा आएको हो । सडक निर्माण कार्य सञ्चालन भइरहेको र बर्षाले सडक हिलाम्य भएपछि बन्द रहेको सडक केही सुख्खा भएपछि सञ्चालनमा आएको स्थानीयले जनाएका छन् । साउन महिनादेखि अवरुद्ध रहेको सडक बिहीबारदेखि सञ्चालनमा आएको हो । सडक अबरुद्ध हुँदा कालिमाटीका स्थानीयलाई ४८ किलोमीटर बढी यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीय तथा सल्यान यातायात समितिका कालिमाटी ईञ्चार्ज बिक्रम केसीले जानकारी दिए । केसीले दिएको जानकारी अनुसार बिहीबार कालिमाटीदेखि दुईवटा बस तुलसीपुरका लागि आएका छन् भने तुलसीपुरबाट पनि बस कालिमाटीका लागि सञ्चालन भएका छन् । दाङ सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने दाङको बबई गाउँपालिकामा सडकमा समस्या भएपछि ३९ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आए पनि बर्षा भएमा अवरुद्ध हुन सक्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *