- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजतुलसीपुरमा श्रीमद्भागवत सप्ताह हुने

तुलसीपुरमा श्रीमद्भागवत सप्ताह हुने

- Advertisement -spot_img

तुलसीपुर, १६ जेठ । तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । धर्म संरक्षण र नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतीका लागि तुलसीपुर उपमहानगरपालिका–४ मजुवास्थित ठूलाखालीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको हो ।
उक्त स्थानमा रहेका विभिन्न धार्मिक सहिष्णुता झल्काउने मन्दिर तथा मूर्तिहरुको संरक्षण र सम्र्वद्धनसँगै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यही जेठ १८ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।
उक्त ज्ञानमहायज्ञमा पण्डित रामचन्द्र तिमल्सिनाको कथा वाचनसँगै विभिन्न किसिमका भजनकीर्तन, झाँकी तथा धार्मिक नुत्य एवं नाटकलगायतका विविध कार्यक्रमहरुसमेत सञ्चालन हुने छन् ।
जेठ १८ गतेदेखी सञ्चालन हुने उक्त ज्ञानमहायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुने छ । यसअघि सामूहिक रुपमा खेलिएको देउसी भैलो तथा स्थानीयहरुको आर्थिक सहयोग रकमबाट उक्त स्थानमा मन्दिर निर्माण गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here