- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरतुलसीपुरमा प्लाष्टिक प्रयोगमा रोक

तुलसीपुरमा प्लाष्टिक प्रयोगमा रोक

- Advertisement -spot_img

तुलसीपुर, ४ पुस । तुलसीपुर उपमहानगरपालिकाले वातावरणीय प्रभाव र प्रदूषणलाई कम गर्नका लागि प्लाष्टिक र यसबाट बनेका वस्तुमा रोक लगाउने भएको छ । कार्यपालिकाको ४८औँ बैठकले २० माइक्रोनभन्दा कम तौल भएका प्लाष्टिकजन्य पदार्थमा रोक लगाउने निर्णय गरेको प्रवक्ता सूर्यबहादुर डाँगीले बताएका छन् । प्रवक्ता डाँगीले माघ १ गतेदेखि लागू हुने गरी उपमहानगरपालिकाले यस्तो निर्णय गरेको बताए । उनले यसको प्रभावकारी अनुगमन गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारवाही गरिनेसमेत जानकारी दिए । प्लाष्टिकजन्य पदार्थले स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भन्दै उपमहानगरले यस्तो निर्णय गरेको हो ।
तुलसीपुर उप–महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले ७ लाखसम्मको योजनाको वडाले अनुगमन गर्ने र सो भन्दा माथिको लागत लाग्ने योजनाहरुको उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले उपभोक्ता समितिले गर्ने योजनाको काममा ठूला उपकरण र साधनहरुको प्रयोग गर्दा उपमहानगरपालिकामार्फत भाडाको टेण्डर गरेर मात्रै गर्ने प्रावधान राखेको छ । अब उपभोक्ता समितिले आफूखुशी उपकरण र साधन भाडामा लिएर प्रयोग गर्न पाउने छैनन् । योजनाको काम प्रभावकारी ढंगले सम्पन्न होस् भनेर यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here