Friday, March 29, 2024
Homeमुख्य खबरतुलसीपुरमा नगर शिक्षाको प्रोफाइल बनाइने

तुलसीपुरमा नगर शिक्षाको प्रोफाइल बनाइने

- Advertisement -spot_img

तुलसीपुर, १९ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले नगर शिक्षाको प्रोफाइल बनाउने भएको छ । प्रोफाइलमा तुलसीपुरका शिक्षासम्बन्धी गतिविधि र तथ्याङ्कहरु समेटिने छ । शिक्षाको क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी लिन र भविष्यका बारेमा शैक्षिक कार्ययोजना बनाउन प्रोफाइले मद्दत गर्ने स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी र वाइफाईको व्यवस्थापनका लागि नक्साङ्कन गर्ने समेत बैठकले निर्णय गरेको छ । यसैगरी सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षणमा एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेन्डर बनाउने समेत बैठकले निर्णय गरेको छ । कक्षा ८ को ग्रेटसिट बैशाख मसान्तसम्म दिइने बैठकले निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्रका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको बैठकले सामुदायिक विद्यालयमा हालसम्म विद्यार्थी भर्नाको समीक्षा गरेको छ । यसवर्ष सामुदायिक विद्यालयमा १६ हजार विद्यार्थी भर्ना हुने आँकलन गरिएको छ । यो आँकडा गतसालको भन्दा करिब २० प्रतिशतले बढी हो । यसका साथै प्राथमिक तहमा शतप्रतिशत पाठ्यपुस्तक पुगेर पढाइ आरम्भ भएको समेत बैठकमा जानकारी दिइएको थियो । अन्य तहका लागि पनि पाठ्यपुस्तकका अभाव नभएको जानकारी गराइएको थियो । यसै वर्षबाट उपमहानगरपालिकाले आरम्भ गरेको अंग्रेजी माध्यमबाट शिक्षण गर्ने कुरालाई प्रभावकारी बनाउनका लागि २३ गतेबाट तालिमको आयोजना गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी र वाइफाईको व्यवस्थापनका लागि नक्साङ्कन गर्ने समेत बैठकले निर्णय गरेको छ । यसैगरी सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षणमा एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेन्डर बनाउने समेत बैठकले निर्णय गरेको छ । कक्षा ८ को ग्रेटसिट बैशाख मसान्तसम्म दिइने बैठकले निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई तान्नका लागि विद्यालयहरुले विशेष पहल गर्नुपर्ने बताए । ‘विद्यार्थीहरु तानेर मात्रै हुँदैन, उनीहरुलाई टिकाउने र विकाउने काम पनि हामीले गर्नुपर्दछ’ पाण्डेले भने । शिक्षाको अवस्था सुधार्नका लागि विद्यालयले उत्कृष्ट शिक्षकलाई र उपमहानगरपालिकाले उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गर्ने समेत उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले उपमहानगरले शिक्षाका कार्यविधि निर्माण गरेर शिक्षाको अवस्था सुधार्दै लगेको बताए । तुलसीपुर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले सामुदायिक विद्यालयमा धेरै सम्भावना भएकाले सबैलाई लगनशीलतापूर्वक काम गर्न आग्रह गरेका थिए । बैठकमा विभिन्न शिक्षकले गुनासासमेत राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here