- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरतुलसीपुरमा तुलसी डेरी

तुलसीपुरमा तुलसी डेरी

- Advertisement -spot_img

तुलसीपुर, ११ साउन । दाङको तुलसीपुरमा करिब तीन करोडको लागतमा तुलसी डेरी उद्योग सञ्चालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाको रुपमा तुलसी डेरी उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।
दूग्धजन्य सामाग्री उत्पादन तथा बजारीकरणका लागि दूग्ध प्रशोधन केन्द्र तुलसी डेरी उद्योग सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।
‘तुलसीपुरमै पहिलो पटक उद्योग सञ्चालनमा आउन लागेको हो, यसले किसान र उपभोक्ता दुबैलाई फाइदा पु¥याउने छ, किनभने किसानले पनि दूध बेच्नका लागि अब हैरानी खेप्नु पर्दैन् भने उपभोक्ताले पनि प्रशोधित दूधका साथै दूग्धजन्य सामाग्री पाउने छन् ।
प्रदेश सरकारको १३ लाख अनुदान, तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख सहुलियत कर्जा र बाँकी संस्थाको २ करोड ३७ लाख गरी करिब तीन करोडको लागतमा उद्योग सञ्चालनमा आउने भएको हो ।
उद्योग सञ्चालनका लागि करिब तीन कठ्ठा जग्गा खरिद गरिसकेको र अन्य आवश्यक उद्योग सामाग्री खरिद गरिसकेको अध्यक्ष भण्डारीले बताए ।
‘जग्गा खरिद प्रक्रिया पनि सकिसकेको छ, अब भौतिक संरचना निर्माण गर्ने हो, त्यो सबै काम फागुन मसान्तसम्म सक्ने उद्देश्यका साथ काम भइराखेको छ, सकेसम्म फागुन अन्तिमसम्म नभए यसै वर्षको अन्तिमसम्ममा सञ्चालनमा ल्याउने आवश्यक संरचना निर्माण गरिरहेका छौँ’ उनले भने ।
तुलसीपुरमै पहिलो पटक सञ्चालनमा आउन लागेको डेरी उद्योगले दूग्ध प्रशोधनसहित दूग्धजन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
उद्योगले आफ्नो उत्पादन शुरु गरिसकेपछि किसानले उत्पादन गर्ने दूग्धजन्य सामाग्रीको बजारीकरणमा सहयोग पुग्ने छ । उद्योगले साउन १ गतेदेखि दूध संकलन तथा बिक्री वितरण भने शुरु गरिसकेको छ ।
यसैबीच शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले संस्थालाई आगामी ३ वर्षभित्र फिर्ता गर्ने गरी सहुलियत कर्जाका रुपमा ४५ लाखको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई नगरप्रमुख घनश्याम पाण्डेले ४५ लाखको चेक हस्तारण गरेका हुन् ।
चेक हस्तारण गर्दै नगरप्रमुख पाण्डेले डेरी उद्योगले कृषि प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने बताए । ‘किसानले उत्पादन गर्ने दूधको बजारीकरणमा देखिएको समस्या अन्त्य हुने छ, यसले पनि कृषि व्यवसायीकरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here