तुलसीपुरमा तन्दुरी नान

समाज

तुलसीपुर, १९ भदौ । करिब डेढ दशक समयसम्म भारतको चण्डीगढमा होटलमा कुक काम गर्दै आएका तुलसीपुरका चिरनप्रसाद ढकालले आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले तुलसीपुरको ख लाईनमा तन्दुरी नान रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । लामो समयसम्म अरुको देशमा काम गरेको सीपलाई आफ्नै ठाउँमा प्रयोग गर्न सकिने उद्देश्य राखेर आफूले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको उनले बताए । तुलसीपुरमा विभिन्न परिकारहरुको नयाँ स्वाद तथा भिन्न सेवा दिने आँटका साथ रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउने ढकालले रेष्टुरेण्टमा खासगरी तन्दुरी नानको परिकार नयाँ हुने बताए । हाल रेष्टुरेण्टमा तन्दुरी चिकन, तन्दुरी टिक्का, तन्दुरी नानलगायत तन्दुरीका विभिन्न परिकार उपलब्ध हुनुका साथै इन्डियन तथा चाईनिज खानको प्रबन्धसमेत हुने बताए । रेष्टुरेण्टको सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *