तुलसीपुरमा चौथो अन्तर्राष्ट्रिय योग दिवस

फिचर मुख्य खबर समाज

तुलसीपुर, ७ असार ।
दाङ जिल्लाभित्र रहेका योग साधकहरुको सहभागितामा बिहीबार तुलसीपुरमा चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । पतञ्जली योग समिति दाङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लाभित्र रहेका योग साधकहरुको उपस्थिति रहेको थियो ।
पतञ्जली योग समिति दाङका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले पछिल्लो समय मानिसहरुको जीवनशैलीमा परिवर्तन आएको बताउँदै मानिसहरुले आफूलाई स्वस्थ बनाउन योग साधनामा लाग्न आवश्यक रहेको बताएका छन । खानेकुराको कारण मानिसहरु विभिन्नखाले रोगहरु देखापरेको बताउँदै खानेकुरामा समेत ख्याल गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले ऐतिहासिक दिवसको अवसरमा तुलसीपुर क्षेत्रमा हजारको संख्यामा एकसाथ योग अभ्यास गर्न सकिने योग साधना केन्द्र, बहुउद्देश्यीय सभाहलका लागि असार मसान्तसम्म स्थान छनोट लगायतका आवश्यक पूर्वाधार निर्माण कार्यमा आफू लागि पर्ने बताउँदै नेपाल सरकार, संस्कृत विश्वविद्यालयसँग सहकार्य तथा समन्वय गरी अन्तर्राष्ट्रियस्तरको योग, ध्यान तथा आयुर्वेदको प्रशिक्षण अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न आफू र सम्बद्ध संस्थाबाट हुनसक्ने सहयोगमा कुनै कसुर नरहने उनले बताएका छन् ।
कार्यक्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरका अध्यक्ष विष्णु देवकोटा, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष रमेश ढकाल, वडा सदस्य सुरेश श्रेष्ठ, राप्ती अञ्चल प्रभारी संस्थापक योगगुरु देवराज आचार्य, आयुर्वेद अस्पताल विजौरीका प्रमुख डा. रामकामेश्वर ठाकुर, पतञ्जलि योग समिति दाङका सल्लाहकारहरु डा. अरुणकुमार श्रेष्ठ, डा. लोकराज पराजुली, अञ्चल महिला प्रभारी शारदा पोख्रेल, जिल्ला प्रभारी लक्ष्मी वली, जिल्ला युवा प्रभारी तथा राष्ट्रिय प्रशिक्षक दिपक बस्याल, जिल्ला सचिव श्रीराम चौधरी दहित लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
पतञ्जलि योग समितिकी महिला उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विनोद चौधरीले गरेका थिए । यसअघि बिहीबार बिहान तुलसीपुरमा चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ¥यालीसमेत निकालिएको थियो । ¥यालीमा जिल्ला भइरहेका सयौँ योग साधकहरुको सहभागिता रहेको थियो । ¥यालीमा सहभागी योग साधकहरुले योग गरौँ निरोगी बनौं, खानपानमा ध्यान दियौँजस्ता सचेतनामूलक प्लेकार्डसहित बजार परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *