तुलसीपुरमा खाद्य स्वच्छता समिति

मुख्य खबर

तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिका खाद्य स्वच्छता समिति गठन गरिएको छ । बजार अनुगमन र स्वच्छताका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको व्यवस्थापनममा समिति गठन गरिएको हो ।
वडा स्तरीय भेलाको आयोजना गरि वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा वडा सदस्य सुरेश श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, दिल बहादुर वली, मणिकर्ण न्यौपाने, सुरेश गुप्ता सदस्य रहेको समिति गठन गरिएको हो ।
डिभिजन कार्यालयमा प्रमुख विवेक बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य स्वच्छता, उपभोक्ता अधिकारी, बजार अनुगमन र मिसावटको वारेमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण नरेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *