- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरतुलसीपुरमा आधुनिक ल्याव

तुलसीपुरमा आधुनिक ल्याव

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ । दाङको तुलसीपुरमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ । स्थानीय युवाहरुको डेढ करोडको लगानीमा अमेरिकी प्रविधियुक्त ल्याव सेवा सञ्चालनमा ल्याइएको हो । तुलसीपुर प्रादेशीक अस्पताल नजिकै जिनोमिक डायग्योस्टीक ल्यावरेटोरी प्रालि सञ्चालन गरेर आधुनिक ल्याव सेवा सुरु भएको प्रालिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तुलसीपुरमा आधुनिक तथा गुणस्तरिय सेवा प्रदान गर्न ल्यावको स्थापना गरिएको प्रालिका प्रवक्ता निमप्रसाद गिरीले बताए । प्रालिका अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रालिले दिने सेवा सुविधाको बारेमा जानकारी दिइएको थियो ।
प्रयोगशाला बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुल्ले र आवश्यक परे २४सैँ घण्टा सेवा दिने प्रालिले जानकारी दिएको छ । प्रयोगशालाबाट विभिन्न रुटिन परीक्षणहरु, सामुदायिक स्वास्थ्य परीक्षण, विशेष अवसरमा निःशुल्क प्रयोगशाला जाँच सेवा, परामर्श सेवालगायतको सेवा रहेको एमडि सन्तोष धौलाकोटीले जानकारी दिए । बुटवलदेखि पश्चिम सबैभन्दा ठूलो र स्तरीय ल्याव सञ्चालन भएको ज्ञवालीले दावी गरे ।
पत्रकार सम्मेलनमा जेष्ठ नागरिक, महिला स्वयम्सेवी, पत्रकार ,अपाङ्ग र दृष्टिबिहीनलाई १० देखि २० प्रतिशतसम्म छुट दिइने जानकारी गराइएको थियो । महिनाको अन्तिम शुक्रबार सुगरका बिरामीलाई निःशुल्क फास्टिङ सुगर चेकजाँच र विभिन्न मासिक रुपमा ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरिने जानकारीसमेत दिइएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार शरद रेग्मीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here