तीन विद्यालयका शिक्षक कटौती

समाज

तुलसीपुर, ३१ साउन । दाङको दंगीशरण गाउँपालिकाले तीनवटा विद्यालयको शिक्षक कटौती गरेर अन्य विद्यालयमा सरुवा गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी धेरै देखिएपछि गाउँपालिकाले शिक्षकको सरुवा गरेको हो ।
गाउँपालिकाले मिरौलीस्थित सरस्वती आधारभूत विद्यालय, रात्रि प्राथमिक विद्यालय सिम्ठाना र ज्ञानज्योति प्रावि, खलुवाचिसको कक्षा कटौती गरी शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए ।
शिक्षक कटौती गरेका विद्यालयमा कक्षा कटौती गरी बाल विकास केन्द्रमा सीमित गरेको उनले बताए । विद्यालयमा विद्यार्थी नै नभएपछि ती विद्यालयका कक्षा कटौती गरेर त्यहाँ कार्यरत शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरिएको उनको भनाई छ ।
तीनवटा विद्यालयका नौजना शिक्षकलाई विद्यार्थी अनुपातमा शिक्षक संख्या थोरै भएका विद्यालयमा सरुवा गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *