तीन महिनामा पाँचसय क्युफिट काठ नियन्त्रण

फिचर मुख्य खबर समाज

देउखुरी, १८ माघ । कार्यालय स्थापना भएको छोटो समयमै डिभिजन वन कार्यालय देउखुरी चोरी गरिएको पाँचसय क्युफिट काठ बरामद गरेको छ । कार्यालयले वन पैदावार चोरी निकासी रोक्न तिव्रता दिएसँगै तीन महिनाको अवधिका त्यति धेरै काठ नियन्त्रण लिएको हो ।
देउखुरीका विभिन्न क्षेत्रबाट विभिन्न जातका काठहरु बरामद गरेको कार्यालयले जनाएको छ । कार्यालयले वन ऐन र प्रक्रियाभन्दा बाहिर रहेर काठ कटान गरी ओसारपसार गरेको भन्दै केही व्यक्तिलाई पनि पक्राउ गरेर कानुनी कारवाहीमा लगिएको छ । वन कर्मचारी निगरानी, प्राप्त सूचनाका आधारमा अहिलेसम्म पक्राउ परेका विभिन्न जातका गोलिया, चिरान गरेका काठको परिमाण पाँचसय क्युफिट रहेको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।
उनले गोलिया काठ ६५.२५ क्युफिट र पटक–पटक गरेर चिरान काठ २ सय ४८ क्यूफिट र सिसौको १५६ क्युफिट, २२ क्युफिट चिरान काठ बरामद गरेको छ । यो सँगै पाँचवटा टेक्टर केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको गुप्ताले बताए । पाँचवटा टेक्टरसहित पाँचजना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको अधिकृत गुप्ताले बताए । सोही मुद्दामा संलग्न रहेका आदिशक्ति समिलका सञ्चालक कुलराज गिरी र ठेकेदार रणबहादुर बम फरार रहेको पनि अधिकृत गुप्ताले जानकारी दिए । फरार रहेका गिरी र बमका नाममा वारेन्टीसमेत काटिएको छ हामीले निगरानी गरिरहेका छाँै । फेला पा¥यौं भने वन ऐनअन्तर्गत कानुनी कारबाही गर्छौ गुप्ताले भने । ठूला–ठूला समिल सञ्चालन गरेर बसेका ठेकेदारहरु नै अवैध काममा लागेको वन अधिकृत गुप्ताको भनाइ छ ।

वन क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्नका लागि थुप्रै दस्ता तयार गरे पनि देउखुरी क्षेत्रमा यो क्रम रोकिन सकेको छैन । सबैभन्दा बढी देउखुरीको राप्ती पारी काठ तस्करीको थलो नै बनेको छ ।

वन क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्नका लागि थुप्रै दस्ता तयार गरे पनि देउखुरी क्षेत्रमा यो क्रम रोकिन सकेको छैन । सबैभन्दा बढी देउखुरीको राप्ती पारी काठ तस्करीको थलो नै बनेको छ । राप्ती पारिको क्षेत्र राष्ट्रिय वन नजिकै रहेकोले पनि काठ तस्करहरुलाई चोरी गर्न सजिलो भएको देखिन्छ । एउटा घप्पु राप्ती नदी पार गराइदिए बाफत १५ सयदेखि २५ सयसम्म रकम पाउने भएपछि तस्करहरु यही कार्यमा लाग्ने गरेको त्यहाँका स्थानीय बताउँछन् ।
आवादीको कागजपत्र तयार गरेर वनभित्र पर्ने विरुवा काटिने गरेका छन् । डिभिजनले वन अधिकृत गुप्ताले दाङमा रहेका सबै सामुदायिक वनहरुमा निकै बेतिथि देखिएको बताए । तर देउखुरीमा वन विभाग, चोरी सिकारी नियन्त्रण दस्ता, प्रहरीको निरन्तर निगरानी भए पनि चोरी तस्करीमा कमि आउन भने सकेको छैन । बिहीबार मात्र भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने खरखजना सहित चारजनालाई वन कार्यालयका कर्मचारीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका राजु विक, ईन्द्रप्रसाद चौधरी, कृष्ण चौधरी र राजपुर गाउँपालिका वडा नम्बर १ कटबेरुवा निवासी केशरसिंह घर्ती पक्राउ परेका हुन् । ज्योती सामुदायिक वनभित्रबाट उनीहरुलाई पक्राउ गरिएको सवडिभिजन कार्यालय गढवाका सहायक वन अधिकृत शिवकुमार महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *