Saturday, March 23, 2024
Homeमुख्य खबरतीनदिने ब्रिज कार्यशाला

तीनदिने ब्रिज कार्यशाला

- Advertisement -spot_img

तुलसीपुर, १४ जेठ । लैङ्गीक समानता र निर्वाचन विषयक तीनदिने ब्रिज कार्यशाला गोष्ठी सोमबारदेखि तुलसिपुरमा सुरु भएको छ । निर्वाचन आयोगका उपसचिव देशवन्धु अधिकारीको अध्यक्षता एवं तुलसीइपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको गोष्ठीको उद्घाटन गरिएको हो ।
गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकोले निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उनले अब राजनीतिक दललगायत राज्यका हरेक निकायका व्यक्तिले महिलाको नेतृत्व विकासका लागि र समानता कायम गर्न लैङ्गीक समानताका विषयमा आवाज उठाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा निर्वाचन आयोगका उपसचिव देशवन्धु अधिकारीले दाङलगायत देशका विभिन्न स्थानमा रिक्त रहेका पदमा उपनिर्वाचनलाई मध्यनजर गर्दै गोष्ठीको आयोजना गरिएको बताए ।
अधिकारीले अन्तर्राष्ट्रियरुपमा स्विकार गरिएका लोकतन्त्र र निर्वाचनका सिद्धान्तहरु तथा सरोकारवालामा असल अभ्यासको प्रवद्र्धन गर्नलाई निर्वाचन प्रक्रियामा सरोकारवाला ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्न गोष्ठीले महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख श्रीधर टण्डनले निर्वाचनका सबै प्रक्रियामा पहुँच अभिवृद्धिका लागि ठोस कार्यक्रमका साथ आयोग अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमका बारेमा जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी कमलमणि देवकोटाले प्रकाश पारेका थिए । सहजीकरण निर्वाचन आयोगका शाखा अधिकृत नम्रता चुडालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here