- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरअवैध उत्खनन, मौन स्थानीय सरकार

अवैध उत्खनन, मौन स्थानीय सरकार

- Advertisement -spot_img

५५ लाख रुपैयाँ राजस्व संकलन
घोराही, १९ माघ । दाङका खोलाहरुमा नदीजन्य वस्तुमा अवैध उत्खनन भईरहेको छ । दिनरात खोलाहरुमा नदीजन्य वस्तुहरुको अवैध उत्खनन भईरहदा पनि यहाँका स्थानीय सर मुकदर्शक बनेका छन् । जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा ढुंगाजन्य वस्तुको उत्खनन गर्ने क्रममा टेक्टर, स्काभेटरहरु नियन्त्रण लिने गरेको छ । तर नियन्त्रण र नियमनको लागि सबैभन्दा बढी अधिकार पाएको र बलियो स्थानीय सरकार भने मुकदर्शक जस्तै बनेको छ । खोलाहरुमा नदीजन्य वस्तुको उत्खननको लागि टेण्डर खोल्ने, ठेक्का दिनेसमेत अधिकार पाएको सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकामा पर्ने खोलाहरुमा अवैध उत्खनन भईरहेको छ । दाङको पश्चिमतर्फ पातुखोला, ग्वारखोला, बौलाहा खोलामा नदीजन्य पदार्थको लागि टेण्डर खोलिसकेको छ भने घोराही उपमहानगरपालिका भित्र पर्ने खोलाहरुमा टेण्डर प्रकृयामा छ । त्यस्तै देउखुरीको राप्ती नदी र राजपुर गाउँपालिकाको अर्जुन दोभानमा नदीजन्य पदार्थको उत्खननको लागि टेण्डर खोलेर पनि उत्खनन कार्य भईरहेको छ ।
विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि खोलाहरुमा अवैध उत्खनन नियन्त्रण हुन सकिरहेको छैन् । गाउँ–गाउँमा स्थानीय सरकार आए पनि खोलामा नदीजन्य वस्तुको अवैध उत्खनन् भईरहदा सम्बन्धित खोलाको वडा अध्यक्ष, गाउँपालिका, नगरपालिका र उपमहानगरका प्रमुखहरुले देख्दैनन् वा नदेखेको झै गर्छन् भन्ने प्रश्नसमेत उठन् थालेको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुखको रुपमा बेलप्रसाद पाण्डे आएको तीन महिना पनि पुगेको छैन् । तर खोलामा अवैध उत्खनन् गरिरहेको अवस्थामा ईस्काभेटर, टिप्पर र टेक्टर गरेर १ सय २८ वटा नियन्त्रणमा लिएर कारवाही गरेका छन् । ‘शुरु–शुरुमा त अवैध रुपमा उत्खनन भईरहेको अवस्थामा तीन दिनमा २७÷२८ वटा टेक्टरसमेत नियन्त्रण लिएको रेकर्ड छ प्रहरीमा’ प्रहरी प्रमुख पाण्डेले भने ‘पछिल्लो समयमा केही कम भएको छ, पूर्ण नियन्त्रण चाहिँ होइन् ।’ तीन महिनाको अवधिमा पाँचवटा ईस्काभेटर, तीनवटा टिप्पर, १ सय २० वटा टेक्टर नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रण लिएका ति टेक्टर, स्काभेटर र टिप्परलाई कानुनी प्रकृयाको लागि जिल्ला समन्वय समितिमा पठाउने गरेको उनले बताए । खोलाहरुमा अवैधरुपमा उत्खनन भइरहेको छ वा छैन भने प्रहरीको सूचना स्रोत परिचालन गरेको र स्थानीयले दिएको सूचनालाई तत्काल रेस्पोन्स गरेकाले हिजोआज अवैध उत्खनन केही कमी आएको उनले बताए ।

गाउँ–गाउँमा स्थानीय सरकार आए पनि खोलामा नदीजन्य वस्तुको अवैध उत्खनन् भईरहदा सम्बन्धित खोलाको वडा अध्यक्ष, गाउँपालिका, नगरपालिका र उपमहानगरका प्रमुखहरुले देख्दैनन् वा नदेखेको झै गर्छन् भन्ने प्रश्नसमेत उठन् थालेको छ ।

स्थानीय सरकार भईसकेको अवस्थामा अवैधरुपमा खोलाजन्य वस्तुको नियन्त्रणको लागि प्रहरीको भूमिका त्यति खाँचो नपर्ने उनको भनाई छ । ‘स्थानीय सरकार जिम्मेवार र ईमान्दारितापूर्वक लाग्ने हो भने अवैध उत्खनन पूर्णरुपमा नियन्त्रण हुन्छ’ उनले भने ‘त्यहाँ प्रहरीको आवश्यक नै पर्दैन् ।’ अवैध उत्खनन् भईरहेको सूचना पाए लगत्तै नियन्त्रणमा ल्याएर कारवाही गरेर मात्र छाड्ने गरेको उनले बताए । जिल्ला समन्वय समितिमा गत कात्तिक महिनादेखि माघ १५ गतेसम्म अवैधरुपमा उत्खनन गरिरहेको अवस्था टेक्टर, जेसिवि, टिप्पर गरेर २ सय ४३ वटा कारवाहीमा परेका छन् । जिल्ला समन्वय समितिका राजस्व शाखाका नासु जीवराज शर्माको अनुसार ति मध्ये १० वटा ट्रक, ६ वटा जेसिवि, २ सय २७ वटा टेक्टर नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।
अवैध रुपमा उत्खनन गरिएको अवस्थामा नियन्त्रण लिएका टेक्टर, टिप्पर र जेसिविबाट ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको नासु शर्माले जानकारी दिएका छन् । दाङमा अवैधरुपमा ढुंगाजन्य वस्तुको उत्खनन् भइरहेको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले पनि मनन गर्छन् । नदीजन्य वस्तुको अवैध उत्खननलाई पूर्णरुपमा नियन्त्रण गर्नको लागि स्थानीय सरकारको भूमिका बलियो हुने बताएका छन् । ‘हामीले मात्रै चाहेर अवैध उत्खनन नियन्त्रण हँुदैन्’ जिल्ला समन्वय समितिका संयोजक नेपालीले भने ‘ठेक्का पट्टा दिने अधिकार सम्बन्धित खोलाका स्थानीय सरकारलाई छ, जिम्मेवार भएर लाग्नुपर्छ ।’ नदीजन्य वस्तुको अनुगमन गर्ने क्रममा अवैध उत्खनन् भईरहेको भेटिएको उनले बताए । दाङको पश्चिम बबईबाट देउखुरीको मध्यनगरसम्म अनुगमन गरेको उनले बताए । ‘पहिलेको तुलनामा ठेक्का पट्टा लगाएको खोलाहरुमा अनियमितता छैन्’ उनले भने ‘तर अवैध उत्खनन भने रोकिएको छैन् । अनुगमनका क्रममा मापदण्ड अनुसारको नभएको, उत्खननको अनुमतिको स्थानमा ७५ सेन्टिमिटर उत्खनन गर्नुपर्ने बढी भएको बताए । अवैधरुपमा उत्खनन भईरहदा पनि सम्बन्धित वडा, तथा गाउँपालिकाहरुको चासो नदिएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here