- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारतीज पर्व र हाम्रो संस्कृति

तीज पर्व र हाम्रो संस्कृति

- Advertisement -spot_img

धार्मिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक बर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ ।
धार्मिक परम्परानुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वत ले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन् र महादेवको तपस्या गरिन ।
यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्विकार गर्नुप¥यो । यहि ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ ।
हाम्रोे परम्परामा विहे भएर पराईघर गएपछि चेलीहरुलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजु, देवर र सासूको बुहार्तन साथै जन्म दिएर आफ्नोे काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बाआमासँग दिदीबहिनीहरु जम्मा भएर माईतीको आँगनमा आफ्नो मनका पीडाहरु गीतमार्फत व्यक्त गर्ने चाड हो तीज ।
हाम्रो साँस्कृतिक मान्यताहरु समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडि बढ्नुपर्दछ । यसलाई हामीहरुले समाजमा यसलाई संस्कृतिको रुपमा बचाउँदै लैजान सक्नुपर्दछ ।
पर्वलाई विकृतितिर लैजानु हुँदैन । सुरुका दिनमा नारी संघर्षको प्रतिमूर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्किलो रुपमा मनाउन थालिएको छ । यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ ।
यसले एकातिर महिलाको आत्मधिकारको सवालसँग जोडिएको यस पर्वलाई सामाजिक विकृतिको रुपमा विकास गर्दै लगेमा भोलिका दिनमा यो पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न ।
वर्षभरि भोगेका पीडा र दुःखहरुलाई गीतमार्फत व्यक्त गर्ने यस पर्वलाई खुल्ला चौरमा स्वतन्त्ररुपमा मनाउनको लागि असुरक्षा महशुस हुने हुनाले सुरक्षित ठाउँको खोजी गर्नुपर्ने अवस्था सिर्जना हुन जान्छ ।
नेपालीहरुको एकता र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाइदै आएको छ । यो पर्वमा विशेषरुपले आफ्ना दाजुभाइले दिदीबहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरु गर्ने गर्दछन् । यसले नेपाली दिदीबहिनी र दाजुभाइसँगको भावनात्मक सम्बन्धसँगै यस पर्वको महत्व झनै बढ्दै गएको अनुभव गर्न सकिन्छ ।
आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरुका लागि यस्ता कार्यक्रमहरुले थोरै समय भएपनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभूति गराउँछ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नारी संघर्षको प्रतिक हो ।
यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनुहुँदैन । यस पर्वमा हुर्कदै गरेको भड्किलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दै लान सक्नुपर्दछ । महिलाको महान पर्वको रुपमा रहेको तीजको ऐतिहासिक महत्व हराउँदै जान थालेको छ ।
पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गीत र संगीतमा रमाउन थालेका छन् ।
तीज पर्व आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मांसहारी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ ।
विगतका तीजमा दरको रुपमा शुद्ध शाहाकारी भोजन ग्रहण गरेर निरहार ब्रत बस्ने चलन थियो तर अहिले यो परम्परामा विकृति हुँदै गएको छ । महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रुपमा तीजको महिमा रहेको थियो ।
महिलाले घाँस, दाउरा गर्दाका पीडादेखि लिएर सासूले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरु तीजका गीतहरु बन्दथे । तर आजभोलि शहर बजारका गल्ली होस् अथवा गाउँघरतिर जानुहोस् तीज सुरु हुनुभन्दा अगाडिदेखि नै तडकभडक सुरु हुन्छ ।
पश्चिमेली संगीतमा छाडा संस्कृतिका तीजका गीत सुन्न पाईन्छ । पहिले जस्तो तीजका गीतमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तीज गीत बनाएर गाउने प्रचलन हराउन थालेको छ ।
तीजलाई आजभोलि माया पिरतीका उरन्ठाउला गीत बनाएर आफ्नो संस्कृतिलाई विकृति बनाउन खोजिएको छ । चलिआएको परम्परालाई आधुनिक शैलीमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होइन ।
यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमा नै सोच्न जरुरी छ । विगत केहिबर्ष यता आएर बढ्दो सहरीकरण चेतना र आम्दानीसँगै फुर्सदिला महिलाहरुको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिदैछ ।
आर्थिकरुपले पडाडि परेका महिला वर्गलाई हीनता, खिन्नता र लोभ बढाइदिने अवसरका रुपमा तीज मनाइरहेका त छैनौं ? एकपटक सोच्ने गरौं ! भडकिलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ । जसको कारण सामाजिक, साँस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ ।

तीजलाई आजभोलि माया पिरतीका उरन्ठाउला गीत बनाएर आफ्नो संस्कृतिलाई विकृति बनाउन खोजिएको छ । चलिआएको परम्परालाई आधुनिक शैलीमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होइन ।

यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमा नै सोच्न जरुरी छ । विगत केहिबर्ष यता आएर बढ्दो सहरीकरण चेतना र आम्दानीसँगै फुर्सदिला महिलाहरुको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिदैछ ।


अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो बस्त्र, पहेंला सुनका गहना, हरियो पोते, रंगीविरंगी अन्य साधन किन्ने लगाउने र दर खाने खुवाउने नाममा होडबाजी चल्न थालेको छ ।
घर–घरमा वा पार्टी प्यालेसमा वा होटलमा जमघट र खचिर्लो भोज आयोजनामा तीज पर्वको रुपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन् । दर खान जाँदा आफूसँग नभए पनि अरुका गहना मागेर लगाउने,
गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ । तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खर्चिलो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र साँस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्ने क्रम बढेको छ ।
अर्कातिर समाजको बहुसंख्यक समूह गरिबीमा बाचिरहेका छन् र बहुसंख्यक महिलाहरु आर्थिक कारणबाट तीज पर्वलाई मनाउन कठिन हुन थालेको छ । समग्ररुपमा नेपाली समाज र अहिलेको पुस्ता देखासिकी र तडकभडकतर्फ उन्मुख छ ।
यो कुराको प्रभाव अरु चाडपर्वभन्दा तीजमा धेरै देखिन्छ । हुने खानेले पोहरको लुगा र गहनाभन्दा यो बर्षको फरक लगाउनुपर्ने के बाध्यता छ ? धेरै अरुको नक्कल गर्नुपर्ने कसैलाई आवश्यकता किन हुन्छ ? आवश्यकभन्दा धेरै भोजभतेर किन गर्नुपर्ने हुन्छ ? यी विषयमा हामीले ध्यान दिनु जरुरी छ ।
आर्थिक भार हरेक पर्व र संस्कृतिसँग पैसा वा आर्थिक प्रभाव जोडिएको हुन्छ । तीज पनि आर्थिक कुराबाट अलग हुन सक्दैन । नेपाली सहर बजारमा फेसन, गरगहना र भोजभतेरको सन्दर्भ हेर्ने हो भने अहिले तीज सबैभन्दा महंगो पर्व भएको भान हुन्छ ।
महिलाहरुले मात्रै मान्ने पर्व भए पनि यो पर्व महंगो छ । हुने खानेले समाजमा देखाउने प्रचलनले खर्च गर्न नसक्ने नेपालीहरुमा पर्ने प्रभावको बारेमा नेपाली समाजशास्त्री र अर्थशास्त्रीहरुले अध्ययन र अनुसन्धान गर्ने विषय हो ।
आशा छ, यो विषय पनि कुनै न कुनै दिन नेपाली समाजमा उठ्नेछ र हाम्रो समाज सकारात्मक दिशातिर उन्मुख हुने छ । सामाजिक सञ्जालको प्रभाव नेपाली समाजमा तीज चाहिनेभन्दा बढी तडकभडक हुनुमा सामाजिक सञ्जालको धेरै ठूलो भूमिका छ ।
अहिले सामाजिक सञ्जालमा देखाउनका लागि नयाँ–नयाँ लुगा र गरगहना लगाउने, भोजभतेर गर्ने, नाचगान गर्ने जमात बढ्दो छ । सामाजिक सञ्जाल विशेषगरी शहरी क्षेत्रमा हुने खानेको लागि देखाउने माध्यम बनेको छ ।
पार्वतीले शिवजी नै पतिका रुपपमा पाउ भनी प्रार्थना गरेर ब्रत बसेको अनुकरण गर्नु भनेको ‘पोइल जान पाम’जस्ता गीत गाएर तीजमा उफ्रिनुपर्छ भनेको होइन । नाच्नु, गाउनु आफैमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाहपश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।
यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन् ।
ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्रतकथा सन्ने र बाह्मणहरुलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रतभन्दा फरक ढंगले लिइन्छ ।
तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुना हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व मानिन्छ ।
सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाहपश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाईसमेत ख्याल राख्न जरुरी छ । तीजको ब्रत बस्दा कतिपय महिलाहरु बिरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ ।
सामाजिक र पारिवारिक सद्भाव कायम गर्न, आफ्नो माइती, साथीसंगीसँगको सम्बन्ध दिगो र सुमधुर राख्न, मनोरञ्जन गर्न, सुख, दुःख साट्न, धार्मिक र साँस्कृतिक दृष्टिकोण आदिका हिसावले तीज पर्वको नेपाली समाजमा ठूलो भूमिका छ ।
तर, तीज यी कुरामा मात्रै सीमित नहुँदा कतै यो विकृतिका रुपमा तीजले सामाजिक र पारिवारिक विभाजन र विसंगती त ल्याउने हैन ? यो कुरामा हामी सबै सजक र सचेत हुनु जरुरी छ ।
नेपाली महिलाहरुको तीज सभ्य, सुसंस्कृत र उल्लासमय बनोस् । त्यसैले महिलाहरुले यो ब्रत लिनुभन्दा पहिले आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौँ । महान तीज पर्व मनाऔं । यहि मेरो शुभ कामना छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here