- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरतालिम सञ्चालन हुँदा महिलाहरु खुशी

तालिम सञ्चालन हुँदा महिलाहरु खुशी

- Advertisement -spot_img

तुलसीपुर, २ असोज ।
तुलसीपुरमा सञ्चालन भएको तीनदिने तालिमका सहभागीहरुले तालिमबाट आफूहरुलाई सफल व्यवसायी बन्ने प्रेरणा मिलेको बताएका छन् । सहभागीहरुले आफूहरुमा रहेको परनिर्भरतालाई हटाएर आत्मनिर्भर बन्नसक्ने हौसला र आँट तालिमबाट प्राप्त भएको भन्दै खुशीसमेत व्यक्त गरेका छन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सञ्चालन भएको तीनदिने व्यवसायिक बाख्रापालन तालिमका सहभागी महिलाहरुले आफू र आफ्नाका लागि केहि गर्नसक्छु भन्ने आत्मविश्वास बढ्दै गएको बताएका छन् । गत भदौ ३० गतेदेखि सञ्चालन भएको तालिमको समापनका अवसरमा बोल्दै प्रशिक्षार्थीहरुले आफ्नो लागि आफूले नै काम गर्नुपर्ने समय आएको बताए ।
उनीहरुले तालिमबाट सिकेका कुरालाई आफूहरुले व्यवहारिक रुपमा लागू गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख पिताम्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थाका लेखापाल शंकर पाण्डेले तालिममा सिकेका कुराहरुलाई अनिवार्य रुपमा लागू गर्न आग्रह गरे ।
पछिल्लो समय बाख्रापालन व्यवसाय सबैको लोकप्रिय बन्दै गएको जानकारी दिदै उनले आफूले सिकेका ज्ञान र सीपलाई आफैले प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताए । संस्थामा आवद्ध रहेर कर्जा कारोवारमा संलग्न रहेका विभिन्न समूहका महिलाहरुलाई तालिममा सहभागी गराईएको थियो ।
तीन दिनसम्म चलेको उक्त तालिममा प्रशिक्षक नवीन बस्याल, सुवास आचार्य र सुनिता शर्माले बाख्र्रापालन व्यवसायका लागि आवश्यक पर्ने ज्ञान, सीप, प्रक्रिया, छनोट, चुनौती र अवसरका बारेमा जानकारी दिएका थिए । यस्तै प्रशिक्षार्थीहरुलाई प्रत्यक्ष रुपमा अवलोकन भ्रमण गराई थप जानकारी दिएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापनका अवसरमा संस्थाका सहायक लक्ष्मी कुमारी रावत, केन्द्र परिचालकहरु सीता कुमारी चौधरी, मनिषा कुमारी पुन, सुनिता कुमारी बिसी चौधरी, रेश्मा नेपाली, कार्यालय सहयोगी खीमा शर्मालगायतको उपस्थिति रहेको थियो । भदौ ३० देखि असोज १ गतेसम्म सञ्चालन भएको तालिमको सहजीकरण लेखापाल शंकर पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here