Thursday, March 28, 2024
Homeफिचरतालिम केन्द्रको रुपमा सूचिकृत

तालिम केन्द्रको रुपमा सूचिकृत

- Advertisement -spot_img

घोराही, १९ बैशाख
नेपाल परिवार नियोजन संघ दाङ शाखा परिवार नियोजन तालिम केन्द्रको रुपमा सूचिकृत भएको छ । नेपाल परिवार नियोजन दाङ शाखाका कार्यसमिति सदस्य माया कुमारी पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं जिल्ला जनस्वास्थ्य कार्यालय दाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलको विशिष्ट आतिथ्यमा परिवार नियोजन तालिम केन्द्र तथा इम्प्लान्ट तालिमको उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि घोराही उपमहनगरका नगरप्रमुख नरुलाल चौधरीले तालिम केन्द्र स्थापनाले नागरिकहरुले उपभोग गर्ने स्वास्थ्य सेवामा पनि गुणस्तरियता बृद्धि हुँदै गयो भने मात्र तालिम केन्द्र र तालिमको उपलब्धि हुने बताएका थिए । परिवार नियोजन क्लिनिकले जनताको प्रत्यक्ष स्वास्थ्यसँग सरोकार राख्ने हुँदा विश्वसनीय सेवाप्रवाहका साथै तालिमलाई पनि प्रयोगात्मक रुपमै प्रभावकारी रुपमा लैजान अनुरोध गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले विगतका समयमा कुनैपनि स्वास्थ्यसम्बन्धी तालिम गर्नुपर्दा अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा अब भने घोराही उपमहानगरपालिकामा स्वास्थ्य तालिम केन्द्र स्थापना हुनु भनेको स्थायी सम्पत्ति जोडेको जस्तै भएको बताएका थिए ।

तालिम केन्द्रलाई सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाडौको आयोजना तथा नेपाल परिवार नियोजन संघ शाखा दाङ र सिफोटुको सहकार्यक्रमा शुरु हुन थालेको इम्प्लान्ट तालिम उद्घाटन सत्र कार्यक्रममा सिफोटुका एचआर म्यानेजर सन्ध्या कार्कीले ७७ वटा जिल्लामध्ये दाङ र झापामा रहेको तालिम केन्द्रले मात्र यस्तो तालिम दिन थालेको बताएकी थिइन् ।
नेपालभरी मै १६आँै तालिम केन्द्रको रुपमा दाङमा स्थापना गरिएको बताइन् । यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत चुडामणि भट्टराईले युएसएआईडीले सहयोग गरेको यो कार्यक्रममा प्रदेश नम्बर ५ मा दाङ, नेपालगंज, चन्द्रौटा र बुटवलमा गरी चारवटा मात्र क्लिनिकल क्षेत्र रहेको बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन दाङ शाखाका पूर्व सभापति गणेश श्रेष्ठ, पत्रकारहरु शरद अधिकारी र बसुन्धरा गौतमलगायतले कार्यक्रमको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशोर आचार्यको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाडौका डाक्टर उत्तम घिमिरेले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रवन्धक बसन्त खनालले गरेका थिए । यसैबीच तालिम केन्द्रले बुधबारदेखि इम्प्लान्टसम्बन्धी तालिम सुरु गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here